• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

आईपीएल २०२४ः यी कप्तानहरुले धोनीको भन्दा बढी तलब थाप्नेछन्



एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को १७ औं सिजनको लिलामी डिसेम्बर १९ मा दुबईमा हुने भएको छ, जसको सबैलाई प्रतिक्षा छ ।

यो सिजनमा महेन्द्र सिंह धोनी फेरि एकपटक कप्तानी गर्नेछन् । यस्तै, सबैको नजर गत सिजनको उपविजेता टोली गुजरात टाइटन्सका नयाँ कप्तान शुभमन गिलमा हुनेछ ।

यससँगै आईपीएलका सबैभन्दा सफल कप्तान एमएस धोनी र रोहित शर्मादेखि गुजरात टाइटन्सका नयाँ कप्तानसम्म पनि समाचार बन्नेछन् । यसअघि आउँदै गरेको सिजनका कप्तानले कति पारिश्रमिक लिन सक्छन् भन्ने कुराबारे यहाँ चर्चा गरौँ ।

आईपीएलमा धेरै कप्तानहरू तलबको मामिलामा चेन्नई सुपर किंग्सका कप्तान एमएस धोनी भन्दा अगाडि छन् । शुभमन गिलले यस सिजन हार्दिक पाण्ड्याले गत सिजनमा जति पारिश्रमिक पाउने अपेक्षा गरिएको छ ।

योसँगै रोहित शर्मा र केएल राहुलको तलब धोनीभन्दा धेरै छ । लखनउ सुपर जाइन्ट्सबाट १७ करोड भारु पाउने सबैभन्दा महँगा कप्तानको सूचीमा केएल राहुल शीर्ष स्थानमा छन् ।

यी १० कप्तानले आईपीएल २०२४ मा यति तलब पाउन सक्छन्
१. महेन्द्र सिंह धोनी (चेन्नई सुपर किंग्स) – १२ करोड रुपैयाँ
२. रोहित शर्मा (मुम्बई इन्डियन्स) – १६ करोड रुपैयाँ
३. सन्जु सामसन (राजस्थान रोयल्स) – १४ करोड रुपैया
४.श्रेयस अय्यर (कोलकाता नाइट राइडर्स) – १२.२५ करोड रुपैया
५. फाफ डु प्लेसिस (रोयल च्यालेन्जर्स बैंगलोर ) – ७ करोड रुपैया
६. डेविड वार्नर (दिल्ली क्यापिटल्स) – ६.२५ करोड रुपैया/ ऋषभ पन्त – १६ करोड रुपैया (यदि टोलीमा फर्किएमा)
७. एडन मार्करम (सनराइजर्स हैदरावाद) – २.६० करोड रुपैया
८. के एल राहुल (लखनउ सुपरजायन्ट्स) – १७ करोड रुपैया
९. शिखर धवन  (पञ्जाव किंग्स) – ८.२५ करोड रुपैयाँ
१०. शुभमन गिल  (गुजरात टाइटन्स) –१५ करोड रुपैया