५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युक्यासलविरुद्ध टोटेनहमको सानदार जित



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत टोटेनहमले सानदार जित निकालेको छ ।

गएराति भएको खेलमा टोटेनहमले न्युक्यासल युनाइटेडलाई ४–१ गोलले पराजित गरेको हो । घरेलु मैदानमा टोटेनहमलाई फराकिलो जित दिलाउन रिचार्लिसनले दुई तथा डेस्टीनी उडोगी र सन हेउंग मिन(पेनाल्टी)ले एक–एक गोल गरे । न्युक्यासलका जोएलिन्टनले एक गोल फर्काए ।

यो नतिजासँगै टोटेनहम १६ खेलबाट ३० अंकका साथ तालिकाको पाँचौं स्थानमा छ भने न्युक्यासल २६ अंकका साथ सातौं स्थानमा छ ।