१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढी : ७३५ शव फेला, २ हजार ७१५ जनाको उद्धार विपद्को बेला सरकारलाई सघाउँछौँ, कमजोरी पनि औँल्याउँछौँ : गगन थापा बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा नक्कली विवरण बनाएर ठगी गर्ने पक्राउ भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग भक्तपुरको सूर्यविनायक नगरपालिकाद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार भोटेकोशी–त्रिशूली बाढी प्रभावितको कल्याणका लागि पशुपतिमा महारुद्री र गुह्येश्वरीमा चण्डीपाठ बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा अनिश्चितकालसम्म जारी माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा उद्धार र क्षति अवलोकन जारी भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्री श्रेष्ठ डिस्चार्ज



अ+ अ-

काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ डिस्चार्ज भएका छन् । मुटुमा समस्या देखिएपछि उनी मंसिर १९ गते रमति बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका थिए ।

मुटुको खुम्चिएको नशाको एन्जियोप्लास्टी सर्जरीपछि स्वास्थ्यमा सुधार भएसँगै आइतबार उनी डिस्चार्ज भएको गृहमन्त्रालयले जनाएको छ ।

गृहमन्त्री श्रेष्ठको उपचारमा डा.अरुण मास्केसहितको चिकित्सक टोली, नर्स, सहीद गंगलाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक लगायत अस्पताल परिवारप्रति मन्त्रालयले आभार व्यक्त गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेना, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलगायतले अस्पतालमा पुगेर मन्त्री श्रेष्ठको स्वास्थ्यलाभको कामना गरेका थिए ।