• १० असार २०८१, सोमबार
  •      Mon Jun 24 2024
  •   Unicode
Logo
Latest
★   भारत र अष्ट्रेलियाको खेलअघि सेन्ट लुसियामा भीषण वर्षा ★   नेपालको अलैंचीलाई विश्व बजारमा निर्यात गर्न कुटनीतिक पहल गर्नुपर्छ: सभामुख घिमिरे ★   नेपाली अलैंची विश्व बजारमा निर्यात गर्न सरकारले पहल गरिरहेको छ: कृषिमन्त्री साह ★   ‘मुन्ज्या’ले १०० करोड कमायो ★   देशलाई राम्रो प्रधानमन्त्री चाहिएको छ तर प्रधानमन्त्री राम्रो जादुगर बन्न लाग्नुभयो: रमेश लेखक ★   हनुमान चालिसा कहिले र कसले लेखे ? ★   काँग्रेस भित्रको फोहोर सफा गर्न आवश्यक छ: महामन्त्री थापा ★   अथाह प्रेमको बावजुद, यी गल्तीहरूले ब्रेकअप निम्त्याउन सक्छ ! ★   एकसिङ्गे गैँडाको खाग खरिद बिक्रीको अभियोगमा मुद्दा दायर ★   नेप्से परिसूचक सामान्य अङ्कले बढ्दा पाँच अर्बमाथिको कारोबार

अफगानिस्तानले नेपाललाई दियो २६२ रनको लक्ष्य



काठमाडौँ । यूएईमा जारी यू-१९ एसिया कप अन्तर्गत अफगानिस्तानले नेपाललाई २६२ रनको लक्ष्य दिएको छ । आइसिसी एकेडेमी ओभल २ मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अफगानिस्तानले ४९.३ ओभरमा सबै विकेटको क्षतिमा दुई सय ६१ रन बनायो ।

अफगाािस्तानका लागि जस्मित जर्दानले अविजित एक सय ६ रनको सतकीय पारी खेले । उनले एक सय ५२ बलमा आठ चौकाको मद्धतमा उक्त रन बनाए । यस्तै, नुमन शाहले ६०, रहिमुल्लाह जु्रमतिले ३५, वाफिल्लुहा ताराकहिलले १५, खलेल अहमदले १३ र खलिद तानिवालले १० रन बनाए ।

बलिङमा नेपालका हेमन्त धामी, सुवास भण्डारी र गुलशन झाले दुई–दुई विकेट लिए । आकाश चन्द र दीपक कंडेलले एक–एक विकेट गिराए । नेपाललाई सेमिफाइनल यात्रा जिवित राख्न आज अफगानिस्तानलाई हराउनुपर्ने चुनौति छ ।

नेपाल समूहको पहिलो खेलमा पाकिस्तानसँग सात विकेटले परिाजित भएको थियो । यता अफगानिस्तानलाई पनि अगाडि बढ्न नेपाललाई रोक्नुपर्ने चुनौती छ । अफगानिस्तान पनि आफ्नो पहिलो खेलमा भारतसँग सात विकेटले नै पराजित भएको थियो ।

नेपालले समूहको तेस्रो तथा अन्तिम खेल २६ गते भारतसँग खेल्नेछ । समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।