२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानले नेपाललाई दियो २६२ रनको बलियो लक्ष्य



अ+ अ-

काठमाडौँ । यूएईमा जारी यू-१९ एसिया कप अन्तर्गत अफगानिस्तानले नेपाललाई २६२ रनको लक्ष्य दिएको छ । आइसिसी एकेडेमी ओभल २ मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अफगानिस्तानले ४९.३ ओभरमा सबै विकेटको क्षतिमा दुई सय ६१ रन बनायो ।

अफगाािस्तानका लागि जस्मित जर्दानले अविजित एक सय ६ रनको सतकीय पारी खेले । उनले एक सय ५२ बलमा आठ चौकाको मद्धतमा उक्त रन बनाए । यस्तै, नुमन शाहले ६०, रहिमुल्लाह जु्रमतिले ३५, वाफिल्लुहा ताराकहिलले १५, खलेल अहमदले १३ र खलिद तानिवालले १० रन बनाए ।

बलिङमा नेपालका हेमन्त धामी, सुवास भण्डारी र गुलशन झाले दुई–दुई विकेट लिए । आकाश चन्द र दीपक कंडेलले एक–एक विकेट गिराए । नेपाललाई सेमिफाइनल यात्रा जिवित राख्न आज अफगानिस्तानलाई हराउनुपर्ने चुनौति छ ।

नेपाल समूहको पहिलो खेलमा पाकिस्तानसँग सात विकेटले परिाजित भएको थियो । यता अफगानिस्तानलाई पनि अगाडि बढ्न नेपाललाई रोक्नुपर्ने चुनौती छ । अफगानिस्तान पनि आफ्नो पहिलो खेलमा भारतसँग सात विकेटले नै पराजित भएको थियो ।

नेपालले समूहको तेस्रो तथा अन्तिम खेल २६ गते भारतसँग खेल्नेछ । समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।