२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत? News Polar लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा News Polar विज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन नियमन प्राथमिकतामा News Polar कविता: आश मरेको छैन News Polar प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन News Polar वीरगञ्जमा दशैंका लागि नयाँ नोट वितरण सुरु, प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ साट्न पाइने News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान

सर्वाधिक सफल कप्तानको परिचय पाएका विराज महर्जनको फुटबल यात्रा

सर्वाधिक सफल कप्तानको परिचय पाएका विराज महर्जनको फुटबल यात्रा
अ अ+ अ-

काठमाडौं । सर्वाधिक सफल कप्तानको परिचय पाएका रक्षक विराज महर्जनले सोमबार फुटबलबाट सन्यासको घोषणा गर्नुभएको छ । 

अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले गोलको खडेरी तोडेको दिने बंगलादेशलाई हराउँदै त्रिदेशीय कपको उपाधि जित्दा डिफेन्डर विराजले टोलीलाई उपाधिको ताज पहिराउँदै सन्यासको घोषणा गर्नुभएको हो । उपाधि जितेको नेपाललाई खुुसी सँगै विराजको सन्यासले केही भावुक पनि बनायो । 

अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीका दोस्रो ब्याच विराज महर्जनले सोमबार ७३औं अन्तर्राष्ट्रिय खेल करियर खेल्दै सन्यासको घोषणा गर्नुभएको छ । दशरथ रंगशालामा सोमबार त्रिदेशीय कप फुटबल प्रतियोगितामा नेपालले बंगलादेशको टोलीलाई २–१ ले हराउँदै उपाधि दिलाएसँगै विराजले सन्यासको घोषणा गर्नुभएको हो । अन्तिम पटक दशरथ रंगशालामा राष्ट्रिय जर्सीमा देखिएका विराजलाई समर्थकले सम्मान दिएका थिए । 

डेढ वर्षे अन्तर्राष्ट्रिय गोलविहिन नेपाली फुटबलको यात्रालाई पूर्णविराम लगाउँदै नेपालले ३७ वर्ष पछि नेपाली मैदानमा अन्तर्राष्ट्रिय उपाधि उचाल्दा विराजलाई सुखद अन्त्यको सुनौलो अवसर पनि मिल्यो । उपाधि उचाल्दै फुटबल करियरलाई अन्त्य गर्न पाउँदा विराज खुसी सँगै भावुक पनि हुनुभएको थियो ।

बंगलादेशविरुद्धको फाइनल खेलमा विराजले नेपालका लागि खेलेको ७३औं प्रतिस्पर्धा रह्यो । बैकल्पिक  खेलाडीका रूपमा ९०औं मिनेटमा मैदानमा प्रवेश गरेर अन्तिम खेल सुखद बनाउने अवसर विराजले पाउनुभएको हो । सन् २००८ मा पोखरामा भएको पाकिस्तानविरुद्धको अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा डेब्यु गरेका विराजले यस अघि राजु शाक्यको नाममा रहेको ६८ क्यापलाई उछिनेर नेपालका लागि सर्वाधिक खेल खेल्ने खेलाडी पनि बन्नुभएको छ ।   

कुल १८ पटक नेपाली टोलीको कप्तानी सम्हालेका विराजले २०१५ केरालामा भएको साफ च्याम्पियनसिपमा भारतविरुद्धको खेलमा कप्तानको आर्मब्यान्ड पहिरिनु भएको थियो । विभिन्न क्लब र राष्ट्रिय टोलीमा इन आउट हुँदै फुटबल खेल्नु भएका विराजले यस अघि अन्तिम पटक सन २०१९ मा मलेसियाविरुद्ध मैत्रीपूर्ण खेल खेल्नु भएको थियो । थ्री स्टार, मनाङ मस्र्याङ्दीका लागि तीन लिग उपाधि दिलाउनुभएएका विराजको कप्तानीमा सन २०१६ मा बंगबन्धु गोल्डकप र सोही वर्षको सोलिडारिटी कपको उपाधि नेपाले हात पारेको थियो । नेपालले १२ औं दक्षिण एसियाली खेलकुदको पुरुष फुटबलमा स्वर्ण पदक जित्दा विराजन नै कप्तान रहनु भएको थियो । सोही आधारलाई मान्दा विराज सर्वाधिक सफल खेलाडीको परिचय बनाउन सफल हुनु भएको छ । सन्यासको घोषणा गर्नुचएका विराजले फुटबल गतिविधिबाट टाढा रहन नसक्ने प्रतिक्रिया दिनुभयो ।

खेलकुदलाई जीवन अपर्ण जो कोही खेलाडीलाई सन्यासको घोषणा गर्नु निकै पिडाको क्षण हुने गर्दछ । सफल रक्षकको गनिने विराजलाई नेपाली फुटबलले सफल कप्तान र अनुशासित खेलाडीको रुपमा सधै सम्झिरहनेछ ।