११ भाद्र २०८३, बिहीबार
,
Latest
त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवादेखि चितवनसम्म ठूलो क्षति, खोज तथा उद्धार कार्य तिब्र भोटेकोशी बाढी : १६२ जनाको शव फेला, २८ प्रहरी अझै बेपत्ता भोटेकोशी बाढीको वितण्डा- फोटो फिचर भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई तत्काल करिब १९ करोड सहयोग घोषणा टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ हैदराबादसँग खेल्दै त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षा बाढीका कारण हालसम्म १५७ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

वामपन्थी नेता विष्णुबहादुर मानन्धरको आर्यघाटमा अन्त्येष्टि



अ+ अ-

काठमाडौं । वरिष्ठ वामपन्थी नेता विष्णुबहादुर मानन्धरको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । 

मानन्धरको ९१ वर्षको उमेरमा सोमबार साँझ निधन भएको हो । उहाँको अन्त्येष्टि मंगलबार पशुपति आर्यघाटमा गरिएको छ । नेता मानन्धरलाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सभामुख अग्निप्रसाद सापकोटा, माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, गणेश शाह, पूर्व सभामुख कृष्णबहादुर महरा लगायतका नेताहरुले अन्तिम बिदाई गर्नुभयो । 

नेता मानन्धर नेपाली कम्युनिष्ट आन्दोलनका इमान्दार नेताको रुपमा परिचित हुनुहुन्छ । उहाँको नेपाल कम्युनिष्ट पार्टी(संयुक्त) बनाउनको लागि महत्वपूर्ण भुमिका रहेको छ । विक्रम सम्बत १०८९ मा जन्मिनुभएका मानन्धर लामो समयसम्म नेकपा (संयुक्त)को महासचिव हुनुहुन्थ्यो ।