• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड ★   कोशी सरकारबाट बाहिरियो माओवादी ★   ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

सैंबु ब्याडमिन्टन: ओमकार गुरूङ र श्याम ठकुरीले जिते उपाधि



मगरगाउँ (ललितपुर): सैंबु ब्याडमिन्टन सर्कलको आयोजना तथा ललितपुर महानगरपालिका वडा नं १८ को सहयोगमा संचालित दोस्रो सैंबु खुल्ला ब्याडमिन्टन कप २०८० को उपाधि ओमकार गुरूङ र शिव ठकुरीको जोडीले जितेको छ ।

आज पिपलबोट, मगरगाउँको खुला मैदानमा भएको फाइनलमा कालीका ब्याडमिन्टन क्लबका ओमकार गुरूङ र श्याम ठकुरीको जोडीले सोही क्लबका उत्तम सत्याल र भीम थापाको जोडीलाई २-१ सेटले पराजित गरेका थिए । सत्याल र थापाको जोडी २४-२२, २१-१३ र २१-१० को सेटले पराजित भएको थियो ।

विजयी खेलाडीमध्ये प्रथम हुने टिमले रू २५,०००, दोस्रो हुनेले २०,००० र तेस्रो हुनेले १५,००० नगद सहित कप, प्रमाणपत्र र पदक प्राप्त गरेका थिए ।

उक्त प्रतियोगिता यही मंसिर १६ गतेदेखि खेल सुरू भएको थियो ।

क्लबका सदस्य गोपालराम पौडेलले स्वागत गर्दै खेल आयोजनाका लागि सहयोग गर्नेहरूप्रति आभार व्यक्त गर्नु भएको थियो ।

सिटीजन्स बैंक इन्टरन्यासनलका प्रमुख कार्यकारी गणेशराज पोखरेल, ललितपुर ब्याडमिन्टन संघका उपाध्यक्ष पूर्ण चित्रकार, नेपाल ब्याडमिन्टन संघका केन्द्रीय अध्यक्ष रामजी श्रेष्ठ लगायतले ब्याडमिन्टन खेलप्रति युवालाई आकर्षित गरी व्यवसायिक खेलाडी उत्पादनमा जोड दिनुपर्ने समय आएको बताउनुभयो ।

प्रतियोगिता सुरू हुनुअघि भेट्रान खेलाडी बीच मैत्रीपूर्ण खेल आयोजना गरिएको थियो ।

विजयी खेलाडीहरुलाई कप प्रदान गर्दै ललितपुर महानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष दामोदर खड्काले स्थानीय स्तरमा हुने खेलकुदका गतिविधिलाई प्रोत्साहित गर्न वडा कार्यालय सदैब तत्पर रहेको बताउनुभयो ।