१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

सैंबु ब्याडमिन्टन: ओमकार गुरूङ र श्याम ठकुरीले जिते उपाधि

सैंबु ब्याडमिन्टन: ओमकार गुरूङ र श्याम ठकुरीले जिते उपाधि
अ अ+ अ-

मगरगाउँ (ललितपुर): सैंबु ब्याडमिन्टन सर्कलको आयोजना तथा ललितपुर महानगरपालिका वडा नं १८ को सहयोगमा संचालित दोस्रो सैंबु खुल्ला ब्याडमिन्टन कप २०८० को उपाधि ओमकार गुरूङ र शिव ठकुरीको जोडीले जितेको छ ।

आज पिपलबोट, मगरगाउँको खुला मैदानमा भएको फाइनलमा कालीका ब्याडमिन्टन क्लबका ओमकार गुरूङ र श्याम ठकुरीको जोडीले सोही क्लबका उत्तम सत्याल र भीम थापाको जोडीलाई २-१ सेटले पराजित गरेका थिए । सत्याल र थापाको जोडी २४-२२, २१-१३ र २१-१० को सेटले पराजित भएको थियो ।

विजयी खेलाडीमध्ये प्रथम हुने टिमले रू २५,०००, दोस्रो हुनेले २०,००० र तेस्रो हुनेले १५,००० नगद सहित कप, प्रमाणपत्र र पदक प्राप्त गरेका थिए ।

उक्त प्रतियोगिता यही मंसिर १६ गतेदेखि खेल सुरू भएको थियो ।

क्लबका सदस्य गोपालराम पौडेलले स्वागत गर्दै खेल आयोजनाका लागि सहयोग गर्नेहरूप्रति आभार व्यक्त गर्नु भएको थियो ।

सिटीजन्स बैंक इन्टरन्यासनलका प्रमुख कार्यकारी गणेशराज पोखरेल, ललितपुर ब्याडमिन्टन संघका उपाध्यक्ष पूर्ण चित्रकार, नेपाल ब्याडमिन्टन संघका केन्द्रीय अध्यक्ष रामजी श्रेष्ठ लगायतले ब्याडमिन्टन खेलप्रति युवालाई आकर्षित गरी व्यवसायिक खेलाडी उत्पादनमा जोड दिनुपर्ने समय आएको बताउनुभयो ।

प्रतियोगिता सुरू हुनुअघि भेट्रान खेलाडी बीच मैत्रीपूर्ण खेल आयोजना गरिएको थियो ।

विजयी खेलाडीहरुलाई कप प्रदान गर्दै ललितपुर महानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष दामोदर खड्काले स्थानीय स्तरमा हुने खेलकुदका गतिविधिलाई प्रोत्साहित गर्न वडा कार्यालय सदैब तत्पर रहेको बताउनुभयो ।