१४ भाद्र २०८३, आईतवार
,
Latest
त्रिशूली–३ ‘बी’ मा उद्धारका लागि सुरुङ प्रवेशको तयारी, फ्रन्ट फेसमा चार प्वाल ड्रिलिङ सम्पन्न भोटेकोसी बाढीमा खोज, उद्धार र राहत प्रभावकारी बनाउन रवि लामिछानेको निर्देशन सन्दीपको घोषणा : एक महिनाको तलब दैवी प्रकोप उद्धार कोषमा, हरेक विकेट र बाउन्ड्रीमा १,५००… भोटेकोशी बाढीः त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली बाजुरामा जिल्लाव्यापी पशु खोप अभियान भोटेकोशी बाढी : ७३५ शव फेला, २ हजार ७१५ जनाको उद्धार विपद्को बेला सरकारलाई सघाउँछौँ, कमजोरी पनि औँल्याउँछौँ : गगन थापा बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा नक्कली विवरण बनाएर ठगी गर्ने पक्राउ भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा र लुम्बिनी विमानस्थल सञ्चालन गर्न सरकारले बेवास्ता गर्योः ओली



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न सरकारले बेवास्ता गरेको बताउनुभएको छ ।

शनिवार मध्यपहाडी पुष्पलाल लोकमार्ग अभियानका क्रममा गोरखामा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विमानस्थल चलाउन पाउँदैनौ भनेर भित्र भनेपनि बाहिरबाट कुनै शक्तिले भन्न नसक्ने बताउनु भयो ।

उहाँले चीनलाई पर्यटक ल्याउन आग्रह गर्ने हो भने पनि वार्षिक ५ देखि १० लाख पर्यटक ल्याउनसक्ने भन्दै उहाँले सरकारले विमानस्थल सञ्चालनमा जोड दिनुपर्ने बताउनु भयो । उहाँले सरकारले सार्वभौम सत्ता, स्वाधिनताको र स्वतन्त्रताको उपयोग गर्ने हुति राख्नुपर्ने बताउनु भयो । उहाँले लिम्पियाधुरा, लिपुलेक, कालापानीको प्रश्न उच्चस्तरका भ्रमणका क्रममा राख्न नसक्ने कुरा देशप्रतिको बेइमानी भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विमानस्थल कसैले चलाउन पाउँदैनौ भनेर भित्र भनेको होला, बाहिर त भन्न सक्दैन नि । त्यसकारण एयरपोर्ट त चल्नुपर्छ नि । चीनलाई मात्रै टुरिस्ट लिएर आउ भन्यो भने ५, १० लाख पयर्टक त चीनले ल्याउँछ, पोखरा एयरपोर्टमा, आफ्नै प्लेनबाट । लुम्बिनी चलाउनुपर्यो नि । बुद्धिष्टहरुको ओहिरो लाग्छ । एयरपोर्ट बनेको छ, आफ्नै जमिनमा बनेको हो, आफ्नै जमिनबाट उडाउने र ल्याण्ड गर्ने हो । के समस्या छ ? तर सरकार यस्तो छ, पोखरामा पनि एयरपोर्ट उद्घाटन भएछ होइन, भनेपछि अँ बनाइहाले भन्ने तरिका छ ।

उद्घाटन भयो, अब चलाइन्छ भन्नु परेन । हाम्रो सार्वभौम सत्ता, स्वाधिनताको, स्वतन्त्रताको उपयोग गर्ने हुति राख्नुपर्छ । लिम्पियाधुरा, लिपुलेक, कालापानीको प्रश्न, हाम्रा उच्चस्तरका वार्तामा समावेश हुन सक्दैन भने त्यो भन्दा देशप्रतिको बेइमानी के हुन्छ ?’

अध्यक्ष ओलीले विकासमा कुनैपनि नेपाली भूभाग पछि पर्नु नहुने बताउनु भयो ।