• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   बागमती र सुदूरपश्चिम प्रदेशमा आज भारी वर्षाको सम्भावना ★   सम्पदा संरक्षण, महिला सशक्तीकरणको क्षेत्रमा स्व.अम्बिका श्रेष्ठको योगदान अतुलनिय: पूर्वराष्ट्रपति भण्डारी ★   १८ वर्षदेखि विचाराधीन संक्रमणकालीन न्यायमा कसरी जुट्यो सहमति ? ★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री

‘नेपालगञ्ज वाकाथन’ सुरु



जानकी । भ्रष्टाचारविरुद्धको अन्तरराष्ट्रिय दिवसका अवसरमा बाँकेको नेपालगञ्जमा ‘नेपालगञ्ज वाकाथन’ आयोजना भएको छ । बास नेपालले आयोजना गरेको ‘वाकाथन’ आज बिहान ९ बजे स्थानीय गणेशमान चोकबाट सुरु भएको हो ।

उक्त वाकाथनमा नेपाल प्रहरीको ब्याण्डबाजा, विभिन्न सांस्कृतिक प्रस्तुति, झाँकी प्रदर्शन, पर्चा, पम्लपेट गरिएको छ । तेस्रो पटक आयोजना भएको वाकाथनले नेपालगञ्जको परिचय बढाउने आयोजकको विश्वास छ ।

सन् २००३ को डिसेम्बर ९ मा संयुक्त राष्ट्रसङ्घीय महासभाले भ्रष्टाचारविरुद्धको महासन्धि पारित गरेपछि हरेक वर्ष उक्त दिवस मनाउने प्रचलन छ ।

वाकाथनको व्यवस्थापन विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको सहकार्यमा भइरहेको छ । वाकाथन नेपालगञ्जको गण विपीचोक हुँदै धम्बोझी चोकमा पुगेर समापन हुने छ । रासस