२१ असार २०८३, आईतवार
,
Latest
अमेरिकी प्रशान्त टापुहरू नजिक ’अत्यन्त खतरनाक’ आँधीको जोखिम हामीलाई भूराजनीतिक संघर्षले निरिह बनायोः संयोजक दाहाल कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् शाक्यलाई ए–स्टार नेपाल बास्केटबलको उपाधि ग्रीनफोर्ड नाइट्सलाई दश ओलम्पियन खेलाडी सम्मानित डोल्पामा जिप दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते ट्रम्पद्वारा अमेरिकाको स्थापना र स्वतन्त्रताको मुक्त कण्ठले प्रशंसा, अमेरिका सधैँ ‘कम्युनिस्ट विचार’ विरोधी रहेको उल्लेख चीन उत्तर कोरियासँग ‘स्थिर’ सम्बन्ध विकास गर्न सहमत भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम  ‘डिस्प्ले बोर्ड’मा पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्जियो अग्वेरोले म्यान्चेस्टर सिटी छाड्ने



अ+ अ-

लन्डनः म्यान्चेस्टर सिटीको प्रभावशाली फर्वार्ड एवं गोलकर्ता सर्जियो अग्वेरोले यसै सिजनको अन्तदेखि क्लब छाड्ने भएका छन् । सिटीले अग्वेरोसँगको अनुबन्द यसै सिजनबाट अन्त्य भएको र उनको म्याद नथप्ने घोषणा गरेको छ ।

३२ वर्षीय अग्वेरोको करार यसै सिजनको अन्त्यदेखि समाप्त हुँदैछ र उनलाई म्याद नथपिने सूचना दिइसकेको क्लबले जनाएको छ ।

अर्जेन्टिनाको राष्ट्रिय फुटबल टिमका प्रभावशाली सदस्य समेत रहेका अग्वेरोले सन् २०११ मा एट्लेटिको म्याड्रिड छाडेर सिटीमा आएका थिए । करिब १० वर्षको अन्तरालमा सिटीका लागि ३८४ खेल खेल्दै उनले २५७ गोल गरिसकेका छन् ।

अग्वेरोले आफूले सिटीमा रहेर ठूलो सम्मान र मौका पाएको बताएका छन् । उनको सम्झनामा एतिहाद रंगशालामा एउटा शालिक पनि राखिने छ । उनीसँगै सन् २०१९ र २०२० मा क्लबबाट बिदा भएका भिन्सेन्ट कोम्पानी र डेभिड सिल्भाको शालिक पनि राखिने क्लबले जनाएको छ ।

उनलाई स्पेनी महारथी बार्सिलोना क्लबले अनुबन्ध गर्ने यसअघि हल्ला चलेपनि अझै निर्णय भइसकेको छैन । AFP

#Sergio_Aguiro