२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने News Polar उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात News Polar कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत? News Polar लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा News Polar विज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन नियमन प्राथमिकतामा News Polar कविता: आश मरेको छैन News Polar प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन News Polar वीरगञ्जमा दशैंका लागि नयाँ नोट वितरण सुरु, प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ साट्न पाइने News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

नेप्सेमा ३२ अङ्कको सुधार

नेप्सेमा ३२ अङ्कको सुधार
अ अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज ३२.१५ बिन्दुले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा सुधार आएर दुई हजार ५७५.६६ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.१९ ले उकालो लागेर ४५६.१० मा पुगेको छ । 

कूल २०९ कम्पनीको एक करोड २२ लाख नौ हजार ९२६ कित्ता शेयर रु ६ अर्ब १८ करोड ५६ लाख ५८ हजार ४९८ मूल्यमा खरिद बिक्री भए । मङ्गलबारको कारोवारपश्चात बजार पूँजीकरण रु ३५ खर्ब ५७ अर्ब ११ करोड १२ लाख ५० हजारको हाराहारीमा पुगेको छ । कारोवार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर ओरालो लाग्दा ११ उपसमूहको शेयर भने उकालो लागेको छ । 

व्यापार २९.७ र उत्पादन ०.२२ ले ओरालो लागेको छ । बैंकिङ ८।६८, होटल र पर्यटन ११२.९, विकास बैंक ७.७९, जलविद्युत् ९५.९८, वित्त २.३३, निर्जीवन बीमा ३९८.३२, अन्य १०.५१, लघुवित्त १४९.६८, जीवन बीमा १८६.०८, सामूहिक लगानी कोष ०.१८ र लगानी ०.३७ बिन्दुले उकालो लागेको छ । कारोवारका आधारमा नेपाल पूर्वाधार बैंक शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ४८ करोड ९४ हजार २७१ बराबरको कारोवार भयो ।

यस्तै निर्धन उत्थान लघुवित्त रु ४३ करोड ६९ लाख २७ हजार ९९९, एनएलजी इन्स्युरेन्स रु ३३ करोड १६ लाख ५० हजार ७०३, माथिल्लो तामाकोशी रु २८ करोड ९७ लाख १७ हजार ९३५, एचआइडिसिएल रु २८ करोड १६ लाख, चन्द्रागिरि हिल्स रु १६ करोड २३ लाख १३ हजार ७५५, छिमेक लघुवित्त विकास बैंक रु १५ करोड ३० लाख ३९ हजार ८१२, नबिल बैंक रु ११ करोड ९८ लाख २२ हजार, लुम्बिनी जनरल इन्स्योरेन्स रु ११ करोड ६० लाख र आइएमई जनरल इन्स्योरेन्स रु ११ करोड ४८ लाख २८ हजार २४५ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

त्यस्तै कारोवारका आधारमा बोमी लघुवित्तका शेयरधनीले ९.९९ प्रतिशतले कमाए । सो कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्यो । सानिमा जनरल इन्स्योरेन्स ९.९७, जनरल इन्स्योरेन्स ९.९४, अजोड इन्स्योरेन्स ९.९२, समिट लघुवित्त वित्तीय संस्था ९.५६, स्वाभिमान लघुवित्त ९.४७, प्रभु लाइफ इन्स्योरेन्स ८.६१, माथिल्लो तामाकोशी ८.३८, एचआइसिएल ८ र आइएमई जनरल इन्स्योरेन्सका लगानीकर्ताले ७.९१ प्रतिशतले कमाए ।

युनाइटेड इदी मर्दी हाइड्रोपावर ५.३३, नेपाल पूर्वाधार बैंक २.३१, एनआइसि एशियाको ऋणपत्र १.९८, रिडी हाइड्रोपावर १.९१, पाँचथर पावर कम्पनी १.७५, गुडविल फाइनान्स १.५६, प्रोगेसिभ फाइनान्स १.२५ र तारागाँउ रिजेन्सी होटलका शेयरधनीले १.२३ प्रतिशतले गुमाए ।