• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड ★   कोशी सरकारबाट बाहिरियो माओवादी ★   ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

नेपालमा रोनाल्डो ल्याएर फुटबल खेलाउँछु – पोर्चुगलका लागि अनुमोदित राजदूत नेपाल



काठमाडौँ । सङ्घीय संसद् संसदीय सुनुवाई समितिले पोर्चुगलका लागि प्रस्तावित राजदूत सनिल नेपाललाई सर्वसम्मतिले अनुमोदन गरेको छ । राजदूतका लागि सरकारले प्रस्ताव गरेको नेपालको नाम समितिको आजको बैठकबाट सर्वसम्मतिले अनुमोदन भएको हो ।

अनुमोदित भएका राजदूत नेपालले नेपालमा पोर्चुगलका फुटबल खेलाडी ल्याउने कार्ययोजना प्रस्तुत गरेका छन् ।

सुनुवाइ समितिको बैठकमा सांसदहरुसमक्ष आफ्नो कार्ययोजना प्रस्तुत गर्दै नेपालले नेपालमा जलवायू परिवर्तनबाट हिमालमा हिउँ कम हुँदै गएको देखाउन पोर्चुगलका राष्ट्रिय फुटबल खेलाडीलाई नेपाल बोलाएर नेपाली खेलाडीसँग खेलाउने कार्ययोजना प्रस्तुत गरेका हुन् । यसबाट नेपाली खेलाडीहरुको कार्यक्षमता समेत अभिवृद्धि हुने उनी बताउँछन् ।

यस्तै, उनले राजदुतावासको स्थापना र सेवा प्रवाहको कामलाई पहिलो प्राथमिकतामा राख्ने बताउँदै पोर्चुगलमा रहेका नेपालीहरुको समस्यालाई तत्काल सम्बोधन गर्ने र सहजीकरण गर्ने काममा पनि आफू केन्द्रित हुने जनाए ।

नेपालले भने ‘पोर्चुगलमा राजदुतावास स्थापना तथा सेवा प्रवाह मेरो पहिलो कार्ययोजना हो । पोर्चुगलमा पहिलो पटक आवासी राजदुतावास खुलेको हुँदा स्वभाविक रुपमा त्यहाँको राजदुतावास स्थापना, संचालन र कर्मचारी व्यवस्थापन मेरो पहिलो प्राथमिकतामा रहनेछ । कुटनीतिक नियोगको सुरक्षा र मर्यादालाई ध्यानमा राखी पोर्चगल सरकारद्वारा तोकिएको क्षेत्रमा आवासीय दुतावास स्थापना गर्ने, दुतावासबाट हुने राहदानी, भिसा, कन्सुलर लगायतका सेवालाई सेवाग्राहीमैत्री, सरल, सहज र पारदर्शी ढंगले सेवा प्रवाह गर्नेछु । त्यहाँ रहेका नेपालीहरुको समस्यालाई यथासम्भव सम्बोधन र सहजीकरण गर्ने मेरो काम हुनेछ ।’

सरकारले पहिलो पटक पोर्चुगलमा आवासीय राजदुतावास खोल्ने निर्णय गरेको हो ।