८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्यमोहन जोशीको नाममा विद्यालय खोलिने



अ+ अ-

काठमाडौं । सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको नाममा विद्यालय स्थापना गर्ने भएको छ । 

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीको तर्फबाट शताब्दी पुरुष जोशीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन उहाँको निवासमा पुग्नुभएका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले शताब्दी पुरुष जोशीको नाममा विद्यालय स्थापना गर्न लागेको बताउनु भएको हो ।

विद्यालय खोल्नेबारे सरकारको आगामी वर्षको नीति, कार्यक्रममा राखिने पनि बताउनुभयो । कहाँ स्थापना गर्ने भन्ने हालसम्म टुङ्गो नलागेको भएपनि विद्यालयको आवश्यकता भएको तथा घनाबस्ती भएको ठाउँमा स्थापना गरिने बताउनुभयो । शताब्दी पुरुष जोशीको नाममा स्थापना हुने विद्यालयलाई देशकै नमुना विद्यालयको रुपमा विकास गरिने पनि बताउनुभयो ।

शताब्दी पुरुष जोशीले राष्ट्रपति भण्डारीले आफ्नो स्वास्थ्य अवस्था बारे जानकारी लिन मन्त्रीलाई पठाउनु भएकोमा आभार व्यक्त गर्नुभयो । सरकारले आफ्नो नाममा विद्यालय खोल्न लागेकोमा हर्ष लागेको पनि बताउनुभयो ।

शताब्दी पुरुष जोशीले हाल आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको भन्दै कुनै समस्या परेको बेला भन्ने बताउनुभयो ।