७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

संसदीय समितिद्वारा पोर्चुगलका लागि प्रस्तावित राजदुत नेपालको नाम अनुमोदन

संसदीय समितिद्वारा पोर्चुगलका लागि प्रस्तावित राजदुत नेपालको नाम अनुमोदन
अ+ अ-

काठमाडौँ । संसदीय सुनुवाई समितिले पोर्चुगलका लागि प्रश्तावित राजदुत सनिल नेपालको नाम अनुमोदन गरेको छ ।

समितिको शुक्रवार सिंहदरबारमा बसेको बैठकले प्रश्तावित राजदुत नेपालको योग्यता, क्षमता, अनुभव र कार्ययोजनामाथि छलफल गरी उहाँको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो । योग्यता, क्षमता र अनुभवसहितको कार्ययोजनामाथि छलफल गरी प्रश्तावित राजदुत नेपालको नाम बैठकले अनुमोदन गर्ने निर्णय गरेको समितिका सभापति (ज्येष्ठ सदस्य सभापति) पशुपति समशेर जबराले जानकारी दिनुभयो । गत कार्तिक २३ गते बसेको मन्त्रीपरिषद् बैठकले नेपाललाई पोर्चुगलका लागि प्रश्तावित राजदुतमा सिफारिस गर्ने निर्णय गरेको थियो ।

सभापति राणाले भन्नुभयो, ‘श्री सनिल नेपाललाई समिति समक्ष उपस्थित भई संसदीय सुनुवाई समितिको कार्यविधि २०८० को दफा १९ अनुसार आफ्नो योग्यता, अनुभव, अभिरुचि तथा उक्त पदको जिम्मेवारी निर्वाह गर्ने सन्दर्भमा आफ्नो अवधारणा र कार्ययोजनालगायतका विषयमा प्रश्तुत गर्नु भएकोमा समितिको तर्फबाट धन्यवाद दिँदै यस समितिबाट बिदा गर्न चाहन्छु ।

नेपाल सरकार मन्त्रीपरिषद् मिति २०८० साल कात्तिक २३ गतेको निर्णयअनुसार श्री सनिल नेपाललाई पोर्चुगलको लागि राजदुत पदमा नियुक्तिको लागि सिफारिस गरी मिति २०८० साल मंसिर ४ गते समितिमा पत्र प्राप्त भएको थियो । संसदीय सुनुवाई समितिको मिति २०८० साल मंसिर ८ गतेको बैठकले उजुरी माग गर्ने निर्णय गरेको थियो । उक्त अवधिमा निज उपर एक वटा उजुरी परेको थियो । आजको समितिको बैठकले श्री सनिल नेपालको सम्बन्धमा प्रस्तावित व्यक्तिको योग्यता, क्षमता र अनुभव समेतको आधारमा संघीय संसदको संयुक्त बैठक र संयुक्त समितिको कार्य संचालन नियमावली २०८० को नियम २६ को उपनियम ५ बमोजिम प्रस्तावित व्यक्तिलाई पोर्चुगलको राजदुतमा नियुक्तका लागि अनुमोदन गर्ने निर्णय भयो ।’

यसअघि बैठकमा प्रश्तावित राजदुत नेपालले आफ्नो कार्ययोजना प्रश्तुत गर्दै राजदुतावासको स्थापना र सेवा प्रवाहको कामलाई पहिलो प्राथमिकतामा राख्ने बताउनु भयो । उहाँले पोर्चुगलमा रहेका नेपालीहरुको समस्यालाई तत्काल सम्बोधन गर्ने र सहजीकरण गर्ने काममा पनि आफू केन्द्रित हुने बताउनु भयो ।

प्रश्तावित राजदुत नेपालले भन्नुभयो, ‘पोर्चुगलमा राजदुतावास स्थापना तथा सेवा प्रवाह मेरो पहिलो कार्ययोजना हो । पोर्चुगलमा पहिलो पटक आवासी राजदुतावास खुलेको हुँदा स्वभाविक रुपमा त्यहाँको राजदुतावास स्थापना, संचालन र कर्मचारी व्यवस्थापन मेरो पहिलो प्राथमिकतामा रहनेछ । कुटनीतिक नियोगको सुरक्षा र मर्यादालाई ध्यानमा राखी पोर्चगल सरकारद्वारा तोकिएको क्षेत्रमा आवासीय दुतावास स्थापना गर्ने, दुतावासबाट हुने राहदानी, भिसा, कन्सुलर लगायतका सेवालाई सेवाग्राहीमैत्री, सरल, सहज र पारदर्शी ढंगले सेवा प्रवाह गर्नेछु । त्यहाँ रहेका नेपालीहरुको समस्यालाई यथासम्भव सम्बोधन र सहजीकरण गर्ने मेरो काम हुनेछ ।’

सरकारले पहिलो पटक पोर्चुगलमा आवासीय राजदुतावास खोल्ने निर्णय गरेको हो ।