• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   बागमती र सुदूरपश्चिम प्रदेशमा आज भारी वर्षाको सम्भावना ★   सम्पदा संरक्षण, महिला सशक्तीकरणको क्षेत्रमा स्व.अम्बिका श्रेष्ठको योगदान अतुलनिय: पूर्वराष्ट्रपति भण्डारी ★   १८ वर्षदेखि विचाराधीन संक्रमणकालीन न्यायमा कसरी जुट्यो सहमति ? ★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री

संसदीय समितिद्वारा पोर्चुगलका लागि प्रस्तावित राजदुत नेपालको नाम अनुमोदन



काठमाडौँ । संसदीय सुनुवाई समितिले पोर्चुगलका लागि प्रश्तावित राजदुत सनिल नेपालको नाम अनुमोदन गरेको छ ।

समितिको शुक्रवार सिंहदरबारमा बसेको बैठकले प्रश्तावित राजदुत नेपालको योग्यता, क्षमता, अनुभव र कार्ययोजनामाथि छलफल गरी उहाँको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो । योग्यता, क्षमता र अनुभवसहितको कार्ययोजनामाथि छलफल गरी प्रश्तावित राजदुत नेपालको नाम बैठकले अनुमोदन गर्ने निर्णय गरेको समितिका सभापति (ज्येष्ठ सदस्य सभापति) पशुपति समशेर जबराले जानकारी दिनुभयो । गत कार्तिक २३ गते बसेको मन्त्रीपरिषद् बैठकले नेपाललाई पोर्चुगलका लागि प्रश्तावित राजदुतमा सिफारिस गर्ने निर्णय गरेको थियो ।

सभापति राणाले भन्नुभयो, ‘श्री सनिल नेपाललाई समिति समक्ष उपस्थित भई संसदीय सुनुवाई समितिको कार्यविधि २०८० को दफा १९ अनुसार आफ्नो योग्यता, अनुभव, अभिरुचि तथा उक्त पदको जिम्मेवारी निर्वाह गर्ने सन्दर्भमा आफ्नो अवधारणा र कार्ययोजनालगायतका विषयमा प्रश्तुत गर्नु भएकोमा समितिको तर्फबाट धन्यवाद दिँदै यस समितिबाट बिदा गर्न चाहन्छु ।

नेपाल सरकार मन्त्रीपरिषद् मिति २०८० साल कात्तिक २३ गतेको निर्णयअनुसार श्री सनिल नेपाललाई पोर्चुगलको लागि राजदुत पदमा नियुक्तिको लागि सिफारिस गरी मिति २०८० साल मंसिर ४ गते समितिमा पत्र प्राप्त भएको थियो । संसदीय सुनुवाई समितिको मिति २०८० साल मंसिर ८ गतेको बैठकले उजुरी माग गर्ने निर्णय गरेको थियो । उक्त अवधिमा निज उपर एक वटा उजुरी परेको थियो । आजको समितिको बैठकले श्री सनिल नेपालको सम्बन्धमा प्रस्तावित व्यक्तिको योग्यता, क्षमता र अनुभव समेतको आधारमा संघीय संसदको संयुक्त बैठक र संयुक्त समितिको कार्य संचालन नियमावली २०८० को नियम २६ को उपनियम ५ बमोजिम प्रस्तावित व्यक्तिलाई पोर्चुगलको राजदुतमा नियुक्तका लागि अनुमोदन गर्ने निर्णय भयो ।’

यसअघि बैठकमा प्रश्तावित राजदुत नेपालले आफ्नो कार्ययोजना प्रश्तुत गर्दै राजदुतावासको स्थापना र सेवा प्रवाहको कामलाई पहिलो प्राथमिकतामा राख्ने बताउनु भयो । उहाँले पोर्चुगलमा रहेका नेपालीहरुको समस्यालाई तत्काल सम्बोधन गर्ने र सहजीकरण गर्ने काममा पनि आफू केन्द्रित हुने बताउनु भयो ।

प्रश्तावित राजदुत नेपालले भन्नुभयो, ‘पोर्चुगलमा राजदुतावास स्थापना तथा सेवा प्रवाह मेरो पहिलो कार्ययोजना हो । पोर्चुगलमा पहिलो पटक आवासी राजदुतावास खुलेको हुँदा स्वभाविक रुपमा त्यहाँको राजदुतावास स्थापना, संचालन र कर्मचारी व्यवस्थापन मेरो पहिलो प्राथमिकतामा रहनेछ । कुटनीतिक नियोगको सुरक्षा र मर्यादालाई ध्यानमा राखी पोर्चगल सरकारद्वारा तोकिएको क्षेत्रमा आवासीय दुतावास स्थापना गर्ने, दुतावासबाट हुने राहदानी, भिसा, कन्सुलर लगायतका सेवालाई सेवाग्राहीमैत्री, सरल, सहज र पारदर्शी ढंगले सेवा प्रवाह गर्नेछु । त्यहाँ रहेका नेपालीहरुको समस्यालाई यथासम्भव सम्बोधन र सहजीकरण गर्ने मेरो काम हुनेछ ।’

सरकारले पहिलो पटक पोर्चुगलमा आवासीय राजदुतावास खोल्ने निर्णय गरेको हो ।