• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड ★   कोशी सरकारबाट बाहिरियो माओवादी ★   ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

एनसेल शेयर प्रकरणमा राजनीतिक र प्रशासनिक नेतृत्वको स्वार्थ जोडिएको छः अध्यक्ष यादव



file photo

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले एनसेलको शेयर खरिद बिक्री प्रकरणमा राजनीतिक र प्रशासनिक नेतृत्वको स्वार्थ जोडिएको बताउनुभएको छ ।

शुक्रवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले एनसेलको शेयर खरिद बिक्रीमा राजनीतिक र प्रशासनिक नेतृत्वको स्वार्थ जोडिएको बताउनुभएको हो । उहाँले विगतमा पनि सरकारले एनसेलले अरबौँ रुपैयाँ कर मिनाहा गरेको कुरा आएपनि त्यसप्रति कसैको चासो नभएको भन्दै उहाँले यस प्रकरणमा आवश्यक छानविन गर्नुपर्ने बताउनु भयो । उहाँले देशमा सुशासनको अवस्था अत्यन्त नाजुक भएको बताउनु भयो । उहाँले आफ्नो जीवनकालमा अहिलेजस्तो सुशासनको अवस्था बिग्रिएको कहिल्यै नदेखेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘एकपटक सुनिएको थियो एनसेलको अरबौँको कर मिनाहा ग¥यो सरकारले । त्यतिबेला कुरा उठ्यो तर चासो कसैको अगाडी बढेन । एनसेल प्रकरणमा राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वको स्वार्थ जोडिएको जस्तो देखिन्छ पटक–पटक । देशमा सुशासनको अवस्था अत्यन्त नाजुक छ । मैले आफुले भोगेको अहिलेसम्म हेरेकोमा यत्तिको सुशासन बिग्रिएको अनुभव मैले कहिल्यै गरेको थिइन जुन अहिलेको अवस्थामा म देख्दैछु ।’

अध्यक्ष यादवले नेपाली सेनालाई सडक निर्माण गर्न, व्यापार गर्न र ठेक्कापट्टा लगायतका कामहरु गर्न दिने कि नदिने भन्ने विषय नीतिगत रुपमा स्पष्ट हुनुपर्ने बताउनु भयो । उहाँले यस्ता कामहरुमा सेनालाई नलगाई पेशागत काम मात्रै गर्न लगाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । त्यस्तै उहाँले प्रहरी र कर्मचारी समायोजन नहुँदा प्रदेश सरकारको अवस्था बेहाल भएको पनि उहाँले बताउनु भयो ।