११ मंसिर २०८१, मंगलवार
,
Latest
कालीगण्डकी नदी किनारमा शव भेटियो दृष्टिविहीन टी–२० विश्वकप क्रिकेटः नेपालले दक्षिण अफ्रिकालाई हरायो प्रधानमन्त्रीको टिप्पणीः मुलुकमा झुटको खेती गर्नेको कमी छैन विश्वको सबैभन्दा वृद्ध व्यक्तिको ११२ वर्षको उमेरमा निधन ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु सामाजिक सुरक्षाका दायरलाई विस्तार गर्न जरुरी छः अर्थमन्त्री पौडेल काठमाडौं–१६ मा स्वतन्त्र उम्मेदवार पन्तले गरे रास्वपाकी रोजिनालाई समर्थन उपाधि दावेदारका रुपमा ‘कर्णाली याक्स’ बैंकले ऋण उपलब्ध नगराउँदा वैदेशिक रोजगारीमा जाने श्रमिकहरु मिटरब्याजीको ट्र्यापमा परेः श्रममन्त्री भण्डारी ७१ किलो गाँजासहित दुई पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘यदि उनले २० केजी तौल घटाए भने म उनलाई आईपीएलमा लिनेछु’



अ+ अ-

एजेन्सी । अफगानिस्तानका पूर्व कप्तान असगर अफगानले भारतसँग २०१८ एशिया कप टाई खेलको महेन्द्र सिंह धोनीसँग सम्बन्धित एउटा हास्यास्पद किस्सा सेयर गरेका छन् ।

टाइम्स अफ इन्डियासँगको एक अन्तर्वार्तामा अफगानले खेलपछि धोनीसँगको आफ्नो कुराकानीलाई सम्झाउँदै मोहम्मद शहजाद उनको ठूलो फ्यान भएको कुरा धोनीलाई भनेका थिए । धोनीले स्पिन लिए र शहजादको तौल २० केजीले घटाएमा उनलाई इन्डियन प्रिमियर लिग (आईपीएल)मा ब्याट्सम्यानका रूपमा छनोट गर्ने बताएका थिए ।

दुबईमा भएको एसिया कप २०१८ मा भारत विरुद्धको खेलमा शहजाद प्लेयर अफ द म्याच घोषित भए । यस खेलमा शहजादले ११६ बलमा ११ चौका र एक छक्का प्रहार गर्दै १२४ रनको पारी खेलेपछि पहिले ब्याटिङ गरेको अफगानिस्तानले २५२र८ रन बनाएको थियो । लक्ष्य पछ्याएको भारतीय टिम ४९े.५ ओभरमा २५२ रनमा अलआउट भयो ।

अफगानले भने, ‘म्याच बराबरी भएपछि मैले एमएस धोनीसँग कुरा गरें । उनी एक शानदार कप्तान हुन् र भारतीय क्रिकेटलाई भगवानको उपहार हो । उनी एक राम्रो व्यक्ति पनि हुन् । उनले भने कि हामीले मोहम्मद शहजादको बारेमा धेरै कुरा गर्यौं ।’

मैले धोनीलाई भने कि शहजाद तपाईको ठूलो फ्यान हो । धोनीले हाँस्दै भने शहजादको पेट धेरै ठूलो छ र यदि उसले २० किलो तौल घटाउँछ भने म उसलाई आईपीएलमा छनोट गर्नेछु । यसपछि शहजाद सिरिजपछि अफगानिस्तान फर्किएपछि उनको तौल ५ केजीले बढेको थियो ।

भारतसँगको टाई म्याचको स्मरण गर्दै अफगानिस्तानका पूर्व कप्तानले भारतसँगको २०१८ को टाई म्याच आफ्नो लागि उत्कृष्ट क्षण भएको बताए ।

मोहम्मद शहजाद