२७ मंसिर २०८२, शनिबार
,
Latest
‘अबको जवाफ मतबाट’ भन्दै काठमाडौंमा एमआरआरको वाकथन मुलुकमा युवा नेतृत्व ल्याउने गरी निर्वाचनको तयारी गर्नुपर्छः मन्त्री घिसिङ एमाले महाधिवेशनमा कार्यकर्ताको भीड – फोटोफिचर एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ: प्रधानमन्त्री शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

संक्रमणकालिन न्यायसम्बन्धि विधेयक संसदको आगामी अधिवेशनमा पारित हुन्छ: सभामुख घिमिरे



file photo
अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक संसदको आगामी अधिवेशनमा पारित हुने विश्वास व्यक्त गर्नुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित १५ औं मानव अधिकार राष्ट्रिय महाभेलाको उद्घाटन समारोहाम बोल्दै उहाँले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुले त्यसलाई टुंग्याउने गरी छलफललाई अघि बढाएकाले संसदको आगामी अधिवेशनबाट पारित हुने बताउनुभएको हो । सभामुख घिमिरेले संक्रमणकालिन न्यायसँग सम्बन्धित ऐनहरु निर्माणका लागि आफूले असहमत राजनीतिक शक्ति, नेतृत्व र पक्षसँगको छलफललाई अघि बढाएको र त्यसलाई टुंगो लगाउने विषयमा नेतृत्वदायी भुमिका निर्वाह गरिरहेको दाबी समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘संक्रमणकालीन न्याय सम्पादन गर्ने र सदाका लागि विगतका दिनहरुलाई बिर्सिएर पीडितहरुले शान्ति महशुस गर्ने, पीडाको रिलिफ महशुस गर्ने, परिपूरण प्राप्त गर्ने र सही कुराहरु के हो ? यसको समाधान खोज्ने । सत्यको आधारमा जे भएको छ । त्यसलाई लिएर जाने र समानताका साथ समाजलाई अगाडि लिएर जाने कुरामा अझै पनि कानून पूरा हुने कुरा बाँकि छ । यहाँ केही चर्चाहरु पनि भए सभामुख बुझ्नुपर्‍यो भनेर । मलाई लाग्छ । हाम्रो संसदले बुझ्नु पर्‍यो । हाम्रा राजनीतिक दलहरुले बुझ्नु पर्‍यो । र, हाम्रो दायित्व के हो भन्ने कुरा थाहा पाउनु पर्‍यो । आज भन्दा १८ वर्ष अगाडि हामीले शान्तिका लागि सहमति गर्‍यौं । र, समाजलाई धेरै अगाडि लैजान सक्यौं । तर विविध कारणले गर्दा आधारभुत रुपबाट यसलाई समाधान गर्ने संक्रमणकालीन न्यायको सिद्धान्तको आधारमा ऐनहरु पारित गर्ने र त्यो ऐनहरुलाई कार्यान्वयन गर्ने कुरा अझै पनि अधुरो रहेको छ ।’

‘म यस अवसरमा के भन्न चाहन्छु भने अहिले संसदको यो पदमा बसिरहेको बेलामा पनि सभामुखको नाताले संसदको कामहरुलाई पूरा गर्नका लागि त्यसमा पनि लामो समयदेखि थाँति रहेको संक्रमणकालीन न्यायसँग सम्बन्धित कानूनलाई पूरा गर्नका लागि प्राथमिकताका साथ खट्ने, असहमतीको बीचमा रहेका राजनीतिक शक्ति, नेता र पक्षहरुका बीचमा अलगअगल र संयुक्त रुपमा भेटघाटहरु गर्ने, छलफल गर्ने र यसलाई टुंग्याउने कुराहरुमा म आफू लागि रहेको कुराहरु म तपाईहरुको अगाडि राख्न चाहन्छु । त्यतिमात्रै होइन अब अहिले त्यो संसदको कानून तथा न्याय समितिमा छलफल भएर पनि करिव टुंगिन लागेको छ ।’

‘यसलाई टुंग्याउने अधिकार जनताको सार्वभौमसत्ता सम्पन्न माननीय सदस्यज्युहरु रहनुभएको प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट यसलाई टुंग्याउने अधिकार उहाँहरुले राख्नु हुन्छ । उहाँहरुले यसको गरिमालाई बुझ्नु भएको छ । र, बुझेर छलफल गरिरहनु भएको छ । मलाई विश्वास छ–संसदको आगामी अधिवेशनमा टुंग्याउने काममा उहाँहरुलले सफलता हासिल गर्नु हुनेछ । र, त्यसलाई सफलतापूर्वक टुग्याईसकेपछि हामीले एउटा उपलब्धि हासिल गर्नेछौं ।’

त्यस अवसरमा सभामुख घिमिरेले मानव अधिकारसँग सम्बन्धित कानून निर्माणमा पनि आफूले सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।