• १४ जेष्ठ २०८१, सोमबार
  •      Mon May 27 2024
  •   Unicode
Logo
Latest
★   सहकारी ठगी छानबिन गर्न संसदीय समिति भोलि बन्ने, सात सदस्यीय समितिलाई तीन महिनाको समय दिने… ★   कोशी प्रदेशमा गणतन्त्र दिवस तीन दिन मनाइँदै ★   पाण्डेलाई ४८ घण्टाभित्र गण्डकीको मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्चको परमादेश ★   गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मत सर्वोच्चद्वारा बदर ★   एकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने ★   अध्यक्ष सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न आदेश ★   ओली मुलुकको विकास र समृद्धिलाई अघि बढाउने सामथ्र्य भएका नेता हुन्ः शंकर पोखरेल ★   सरकारले ४० बुँदे माग पूरा गरेन, आन्दोलन जारी राख्छौँ: राप्रपा ★   शाहरुखकी छोरी सुहाना १२ वर्षमा यस्तो परिवर्तन भइन् ★   अनन्त–राधिकाको विवाहपूर्व समारोहः १२ वटा विमानबाट ८०० पाहुना इटाली पुग्नेछन्

संविधान र व्यवस्थाको बिरुद्धमा आवाज उठ्नु दुर्भाग्य: रमेश लेखक



file photo

काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले संविधान र व्यवस्थाको बिरुद्धमा आवाज उठ्नु दुर्भाग्य भएको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित रिता शाहीद्वारा लिखित गजल संग्रह चिनारीको लोकर्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले असन्तुष्टिहरु संविधान र अहिलेको व्यवस्थाकाबिरुद्ध मुखरित हुन नदिन संविधान र व्यवस्थाको पूर्ण सुरक्षाका लागि काँग्रेस सचेत रहेको बताउनु भयो । उहाँले विद्यमान असन्तुष्टिलाई सम्बोधन गर्न काँग्रेस अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले गठबन्धनको संस्कृतिमा जानुको विकल्प नभएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो शासकीय व्यवस्था नै कस्तो छ, संविधान नै कस्तो छ भने कुनै पार्टीको स्पष्ट बहुमत आउँदैन, गठबन्धनको संस्कृतिमा जानुको विकल्प छैन । हामी त्यसमै गइरहेका छाँै । कमी कमजोरीहरु छन् । केही असन्तुष्टि छ, सरकारले हामीले पार्टीहरुले राम्रोसँग काम गर्न सकेनन् की भन्ने चिन्ता र चासो छ । नेपाली काँग्रेस यो विषयमा गम्भीर हुन जरुरी छ । किनभने जुन चिन्ता, चासो र असन्तुष्टि छ, बहुदलीय व्यवस्थाका भित्रै एकदल र अर्का दलकाबीचमा सन्तुष्टि, असन्तुष्टिको अभिव्यक्ति हुनु, सरकार परिवर्तन हुनु, अर्को सरकार बन्नु यी लोकतन्त्रका सकारात्मक कुरा हुन् । तर असन्तुष्टि संविधानकै बिरुद्धमा, यो व्यवस्थाकै बिरुद्धमा अभिव्यक्त गर्ने जुन प्रयत्न भइरहेको छ, त्यस्तो भयो भने फेरि अर्को दुर्भाग्य हुन्छ । असन्तुष्टि संविधान र अहिलेको व्यवस्थाकाबिरुद्ध मुखरित हुन नसकुन् भन्नका खातिर पनि संविधान र व्यवस्थाको पूर्ण सुरक्षाका खातिर पनि नेपाली काँग्रेस सबैभन्दा ज्यादा सेचत हुनुपर्छ । विद्यमान असन्तुष्टिलाई सम्बोधन गर्न अघि बढ्न जरुरी छ ।’

प्रमुख सचेतक लेखकले सरकारले काम गर्न नसकेकोप्रति नागरिकसमक्ष चिन्ता र चासो प्रकट भइरहेको भन्दै काँग्रेसले यसबारे गम्भीर रुपमा लिनुपर्ने बताउनु भयो ।