२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसले कम्युनिष्टसँग गठबन्धन गर्दै जाँदा अस्तित्व समाप्त हुन्छ: नेता कोईराला



file photo
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले नेपाली काँग्रेसले कम्युनिष्ट पार्टीहरुसँग गठबन्धन गर्नु नहुने बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित रिता शाहीद्वारा लिखित गजल संग्रह चिनारीको लोकर्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले गठबन्धन गर्दा लोकतान्त्रिक पार्टीहरुसँगै गठबन्धन गर्नुपर्ने बताउनु भयो । उहाँले कम्युनिष्ट पार्टीहरुसँग काँग्रेसले गठबन्धन गर्दै जाने हो भने अस्तित्व नै समाप्त हुने बताउनु भयो । उहाँले देश परिवर्तन गर्नु छ भने नेपाली काँग्रेसलाई परिवर्तन गरेर अघि बढ्न जरुरी रहेको बताउनु भयो । उहाँले गठबन्धन पनि निर्वाचन पछि गर्ने की अगाडि गर्ने भन्नेकुरामा सोच्न जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यही निर्वाचन प्रणालीमा गठबन्धन गर्नैपर्छ । तर गठबन्धन प्रि इलेक्शन गठबन्धन की पोस्ट इलेक्शन गठबन्धन गर्ने ? त्यसमा ध्यान दिनुपर्छ । हामी त डेमोक्रेटिक पार्टी हामी कस्तो पार्टीसँग गठबन्धन गर्दैछौँ ? अलिकति पनि डेमोक्रेटिक भएको पार्टी छ की छैन ? त्यस्तो पार्टीहरुसँग गठबन्धन गर्दा हामी कहाँ पुग्ने हो ? यो गम्भीर विषय छ । यो विषयलाई नेपाली काँग्रेसले गम्भीरताका साथ लिएको छ । नेपाली काँग्रेस डेमोक्रेटिक पार्टी भएकाले डेमोक्रेटिक पार्टीहरुसँग मात्रै गठबन्धन गरेर अघि जानसक्छाँै ।’

‘कम्युनिष्ट कम्युनिष्टसँग गठबन्धन गरेर अघि जाने हो भने हाम्रो अस्तित्व बिस्तारै समाप्त हुँदै जान्छ । यो देशकै लागि डरलाग्दो विषय हो । देश परिवर्तन गर्नु छ भने नेपाली काँग्रेसलाई परिवर्तन गरेर अघि लग्नुस् । नेपाली काँग्रेस परिवर्तन भयो भने देश परिवर्तन हुन्छ, किनभने हामी लोकतान्त्रिक पार्टी हाँै । पपुलिजममा हामी धेरै गइरहेको देख्छु म । सामाजिक सञ्जालहरुमा हेर्नुस्, न्युज पढ्नुस् । हामी लोकरिझाईंमा बढी गइरहेका छौँ ।’

नेता कोईरालाले अहिले मानिसहरु लोकरिझाईंमा बढी केन्द्रित हुने थरेको बताउनु भयो ।