१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढी : ७३५ शव फेला, २ हजार ७१५ जनाको उद्धार विपद्को बेला सरकारलाई सघाउँछौँ, कमजोरी पनि औँल्याउँछौँ : गगन थापा बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा नक्कली विवरण बनाएर ठगी गर्ने पक्राउ भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग भक्तपुरको सूर्यविनायक नगरपालिकाद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार भोटेकोशी–त्रिशूली बाढी प्रभावितको कल्याणका लागि पशुपतिमा महारुद्री र गुह्येश्वरीमा चण्डीपाठ बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा अनिश्चितकालसम्म जारी माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा उद्धार र क्षति अवलोकन जारी भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोटे पिङमा मच्चिए एमाले नेता (फोटो–भिडियो)



अ+ अ-

लमजुङ । नेकपा (एमाले)ले सुरु गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ आज लमजुङ आइपुगेको छ ।

यसैबीच लमजुङको सुन्दरबजारमा एमाले नेताहरु चर्खेपिङमा (रोटे) मच्चिएका छन् । एमाले उपाध्यक्ष विष्णु पौडेलले तस्बिर र भिडियो सामाजिक सञ्जालमा राख्नुहुँदै करिब ४५ बर्षपछि हराउँदै गएको चर्खेपिङ खेल्न पाउँदा आनन्दको अनुभूति भएको जनाउनुभएको छ ।

स्थानीय जनसमुदायको न्यानो आतिथ्य, स्थानीय उत्पादनमा आधारित स्वरूची भोजनपछि नेपाली मौलिकतामा आधारित चर्खेपिङमा केही फन्को मार्ने अवसर प्राप्त भएकोमा आफूलाई आनन्दित तुल्याएको उहाँले उल्लेख गर्नुभएको छ ।