११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित

हराउँदै छन् काठका ठेकी

हराउँदै छन् काठका ठेकी
अ अ+ अ-

मन्थली । रामेछापको मन्थली नगरपालिका–१३ फुलासीका धनबहादुर विश्वकर्माले काठको ठेकी बनाएर जीविकोपार्जन गर्दै आउनुभएको छ ।

उहाँ धेरै मेहनतका साथ खोलाको पानीलाई डोहोर्‍याएर उच्च स्थानमा ल्याई त्यहाँबाट झरेको पानीको सहायताले काठका ठेकी बनाउनुहुन्छ । रामेछाप र दोलखाको सिमानाबाट बग्ने मिल्ती खोलाको पानीको साहाराले काठमा जीवन्त कला भरेर काँचो काठलाई आकारमा ढाल्नुहुन्छ धनबहादुर।

दिनभर काम गर्दा पनि राम्रो अर्थोपार्जन नहुने भएपछि यो पेसा युवा पुस्ताले सम्हालेनन् र गर्ने अरुले पनि सबैले छोड्दै गएको उल्लेख गर्दै उहाँ भन्नुहुन्छ, “मेहनत धेरै गर्नुपर्छ, कामअनुसारको आम्दानी हुँदैन । धेरै दु:ख गर्नुपर्ने भएकाले नयाँ पुस्ताले यो पेसाप्रति चासो दिनै छाडे ।” पानी भएको खोल्साखोल्सीमा निर्माण गरिएको ठेकी भाँडा बनाउने ठाउ ९चँुदारो० चिसोमा बस्नुपर्ने हुँदा स्वास्थ्य समस्याको जोखिम छ । “हाम्रो पुख्र्यौली पेसा सङ्कटमा पर्न थालेको छ । यसको संरक्षणमा सरकारले ध्यान दिए हुन्थ्यो ।

धनबहादुर जोड दिनुहुन्छ, “हामीले बलकै भरमा परम्परागतरूपमा काम गरिरहेका छौँ । बाउबाजेले जसरी गरे, हामीले पनि त्यसरी नै काम गर्दै आएका छौँ । आधुनिक उपकरण खरिद गर्नका लागि स्थानीय सरकार तथा सरोकारवाला पक्षबाट सहयोग आवश्यक छ तर यो पेसा संरक्षणमा कसैको पनि सहयोग छैन ।”

काठको सामग्री बनाउन दार, पँयले, लौठसल्ला, मौवा, कटहरलगायत रुखको काठ उपयोगी हुने बताइन्छ । उहाँका अनुसार पछिल्लो समय त्यस्ता काठसमेत अभाव हुँदै गएको छ । काममा त दु:ख छँदैछ । अझ काठको पनि अभाव छ । गाउँले आफैँले काठ खोजेर ल्याए भने बनाउन सकिन्छ ।

परम्परागतरूपमा काठबाट बनेका ठेकी, पाथी र मानालगायत वस्तु लोप हुने अवस्थामा पुगेका छन् । परम्परागतरूपमा काठबाट निर्मित कलात्मक तरिकाले कँुदिएका दूध दुहुने ढुङ्ग्रो, दही जमाउने ठेकी, अन्न भर्ने पाथी र माना तथा घ्यू जमाउने हर्पे, मोही पार्ने घुर्रोजस्ता वस्तु उत्पादन भएर त्यतिकै मात्रामा गाउँमा बिक्री हुने गरेको थियो । अहिले गाउँमा ती वस्तु लोप हुने अवस्थामा पुगेका छन् ।

पहिला प्लास्टिक, सिलाबर र स्टिलबाट बनेका ठेकीजस्ता भाँडा भेट्न मुस्किल हुन्थ्यो । त्यसकारण काठबाट बनेका वस्तु बिक्री वितरण हुने गर्दथे तर अहिले जताततै प्लास्टिकका वस्तु प्रयोग भएकाले काठबाट बनेका वस्तु लोप हुन थालेको मन्थली नगरपालिका–१३ का ओमकार अधिकारी बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “पहिला प्लास्टिक, सिलाबर र स्टिलबाट बनेका भाँडाको सट्टामा गाउँकै सामुदायिक वन र व्यक्तिको बारीको कान्लामा हुने ठूलो रुख कटहर र दारका काठबाट ठेकी निर्माण गरिन्थ्यो तर अहिले गाउँमा काठको अभावमा यो पेसामा लाग्ने व्यक्तिसमेत पलाएन भइसके ।”

ठेकी व्यवसायी विश्वकर्मा भन्नुहुन्छ, “अहिले सामुदायिक वनमा काठ काट्न पाइँदैन । अर्कातिर व्यक्तिको घर कान्लाका रुख पनि मासिँदै गए । पहिला पहिला काठबाट बनेका ठेकीको माग अत्यधिक हुन्थ्यो । अहिले गाउँघरमा भैँसीगाई पाल्नै छाडे । कसैले पालिहाले भने पनि दूध सिधै डेरीमा बिक्री गर्न थाले”, दही जमाउने माटका भाँडा तथा आधुनिक प्रविधि आएका कारण पनि यो पुस्तौँदेखि गर्दै आएको पेसा लोप हुन लागेको हो । पहिला ठेकी पुर्‍याउन नै गाह्रो हुन्थ्यो । अहिले बनेका ठेकीसमेत बिक्री नभएर घरमा थन्काउन बाध्य हुनुपरेको छ । घरमा सजावटका लागि केहीले किने भने मात्र नत्र ठेकीको व्यापार धेरै कम भइसक्यो ।

काठबाट बनेको ठेकीमा दूध जमाउँदा राम्रो र मिठो दही बन्ने गर्दथ्यो । काठको ठेकीमा पारेको मोही अत्यन्तै मिठो र स्वादिलो हुने गर्दथ्यो तर प्लास्टिक, सिलाबर र स्टिलबाट बनेका भाँडामा जमाएको दही, मही र घ्यूको स्वाद काठको ठेकीमा जमाएको जस्तो नहुने अर्का स्थानीयवासी माइकल चौहान बताउनुहुन्छ ।

अर्का स्थानीयवासी माधव कार्की भन्नुहुन्छ, “अहिले बजारमा जताततै प्लास्टिक, स्टिल र सिलाबरका सामान निस्किए तर पनि ती प्लास्टिक, सिलावर र स्टिलबाट बनेका भाँडामा राखेको दूध बिग्रने गरेको छ । काठबाट बनेको ठेकीजस्तो बजारमा पाइने आल्मुनियमका ठेकी हुँदैनन् । त्यतिमात्र होइन यस्ता भाँडामा जमाएको दूधबाट बनेका परिकारसमेत मानव स्वास्थ्यको लागि गुणकारी हुँदैन ।

विशेषगरी दलित समुदायको विक र सार्की जातिले मात्र अपनाएको यो पेसा सङ्कटमा पर्दै जाँदा उनीहरुको रोजीरोटी पनि खोसिँदै गइरहको छ । सरकारले यस्ता पेसालाई संरक्षण गर्नसके पछिल्लो पुस्ताले पनि ठेकीलगायत काठजन्य वस्तु उत्पादनका बारेमा जानकारी पाउने मन्थली माविका प्रधानाध्यापक टङ्कप्रसाद दाहाल बताउनुहुन्छ । रासस