• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo

यू–१९ एसिया कप: दबाबमा नेपाल, पाँच विकेट गुमायो



काठमाडौं । यू १९ एसिया कप अन्तरगतको पहिलो खेलमा नेपालले पाकिस्तानविरुद्ध पाँच विकेट गुमाएको छ । अहिले १७ ओभरमा नेपाल ४६/५को अवस्थामा रहेको छ । यससँगै नेपाल दबाबमा परेको छ ।

दुबईमा रहेको आइसिसी एकेडेमी ओभल–२ मा टस हारेर पहिला ब्याटिङ गरिरहेको नेपालले पहिलो विकेट सस्तैमा गुमायो । पहिलो विकेटमा नेपालले ओपनर तिलक भण्डारीलाई ७ रनमा गुमाएको थियो । उनी पाकिस्तानका अमिर हसनको बलमा क्याच आउट भएका थिए ।

यस्तै, तेस्रो नम्बरमा आएका आकाश त्रिपाठीले २२ बलमा ६ रन बनाउदै आउट भए । त्यसपछि चौंथो नम्बरमा क्रिजमा आएका कप्तान देव खनाल पनि शुन्य रनमा आउट भए । यस्तै, अर्जुन कुमाल २१ रन बनाएर आउट हुँदा गुलशन झा एक रन बनाएर आउट भए ।

आठ वटा देश सहभागी यू १९ एसिया कपमा नेपालको समूह ए मा छ । नेपालको समूहमा पाकिस्तान, भारत र अफगानिस्तान छन् ।