• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   वीरगञ्ज औद्योगिक क्षेत्रको विद्युत् आपूर्ति सुधार गरिँदै ★   गृहमन्त्रीले ट्राफिक कारबाहीमा परेकालाई सडकमा उभ्याएको भन्दै रामहरि खतिवडाको आपत्ति ★   घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   गृहमन्त्री लामिछानेविरुद्धको रिटको पेशी न्यायाधीश श्रेष्ठको ईजलासमा ★   ‘नेलपलिस’को गन्ध आएपछि धावनमार्गबाट विमान फर्काइयो ★   एकीकृत समाजवादी जुट्यो महाधिवेशन तयारीमा ★   पहिरोले दमौली–डुम्रे सडक अवरुद्ध ★   स्रोत नखुलेको एक करोड एक लाखसहित पक्राउ ★   टी–२० विश्वकपः आयोजक अमेरिकाको विजयी सुरुवात, क्यानडालाई ७ विकेटले हरायो ★   मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि नै प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने गठबन्धन दलहरुको तयारी

ताप्लेजुङको उच्च हिमाली क्षेत्रमा हिमपात हुँदा किसान खुसी



फुङ्लिङ । ताप्लेजुङको उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ । बिहीबार साँझ वर्षा भएसँगै सामान्य हिमपात हुँदा किसान खुसी भएका छन् ।

ओलाङ्चुङगोला, याङमा घुन्सा, लेलेप , गयाब्ला, फलेलगायतका बस्तीमा सामान्य हिमपात भएको फक्ताङलुङ गाउँपालिका–६ घुन्साका टासी तेन्जिङले बताउनुभयो । सामान्य हिमपात भएकाले खासै जनजीवन प्रभावित भने नभएको उहाँले बताउनुभयो ।

प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर क्षेत्रमा समेत हल्का हिमपात रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिनुभयो । वर्षासँगै सामान्य हिमपात भएकाले ताप्लेजुङमा चिसो बढेको छ ।

हिउँ पर्न सुरु गरेसँगै पाथीभरा दर्शन गर्न आएका तीर्थयात्री भने हिउँमा खेलेर रमाउन पाउने भएकाले खुसी भएका छन् । गएको वर्षको तुलनामा यो वर्ष ताप्लेजुङमा छिटो हिमपात भएको हो । गएको वर्ष फागुनको दोस्रो सातामात्रै हिमपात भएको थियो ।

वर्षा हुँदा स्थानीय भने खुसी भएका छन् । लामो समयसम्म वर्षा नहुँदा बालीनाली सुक्न थालेपछि किसान चिन्तित थिए । वर्षाले किसानलाई केही राहत पुगेको फक्ताङलुङ गाउँपालिका–६ का बिर्ख लिम्बूले जानकारी दिनुभयो । वर्षा भएसँगै अलैँची, सागसब्जीलगायतका हिउँदे बालीका लागि राम्रो भएको उहाँले बताउनुभयो । रासस