२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने News Polar उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात News Polar कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत? News Polar लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा News Polar विज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन नियमन प्राथमिकतामा News Polar कविता: आश मरेको छैन News Polar प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन News Polar वीरगञ्जमा दशैंका लागि नयाँ नोट वितरण सुरु, प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ साट्न पाइने News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

डोल्पामा तीन दिनदेखि यातायात सेवा ठप्प

डोल्पामा तीन दिनदेखि यातायात सेवा ठप्प
अ अ+ अ-

डोल्पा । डोल्पामा तीन दिनदेखि यातायात सेवा ठप्प भएको छ । जीप व्यवसायीहरुले भाडा बढाउन माग गर्दै गाडी थन्काएपछि सुँपानी–दुनै सडकखण्डमा चल्दै आएको यातायात सेवा ठप्प भएको हो । जिल्ला प्रशासन कार्यालय डोल्पाले रु ३५० बाट भाडा घटाएर रु ३०० मा झारेकाले विरोध गर्दै यातायात सेवा ठप्प पारेको चालक सुरज पौडेल क्षेत्रीले बताउनुभयो ।

“हामीले दुई स्थानीय तहले ३०० कर उठाउँदा मारमा परेर पनि ३५० मै यात्रु बोकियो, घटाइएको भाडामा यात्रु बोक्न सम्भव नभएपछि व्यवसायीको सामूहिक निणर्यबाट गाडी बन्द गरिएको हो”, पौडेलले भन्नुभयो, “दर्जनौँ जीपधनी र चालकको रोजीरोटीसँग जोडिएको व्यवसाय धरापमा पारेर कसरी काम गर्न सकिन्छ, पुरानो भाडा कायम गर्ने निर्णय नभएसम्म गाडी बन्द हुन्छ नै ।” जीप व्यवसायीहरुले क्षमताभन्दा बढी मान्छे हाल्न पाउनुपर्छ भनेर कानूनमा नभएका कुरा गरेको जिप्रका डोल्पाका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताउनुभयो ।

“तिनै व्यवसायीको तीव्र गुनासोपछि दुई स्थानीय तहले नियम विपरीत राखेका स्थानीय तहका ढाट हटाइयो, उनीहरुले नियमित तिर्ने कर घटेपछि भाडा पनि रु ५० घटाइएको हो”, पाण्डेले भन्नुभयो, “सर्वसाधारणको सेवा सुविधालाइ ध्यानमा राख्दै सबै कुरा व्यावहारिक रुपमा हेरिएको छ, तैपनि व्यवसायीहरु आफूखुशी गर्छन् ।” सर्वसाधारण र व्यवसायी दुवै पक्षलाइ मर्कामा नपर्ने गरी भाडादर समायोजन गरिएको र जीप बन्द गरेपछि व्यवसायीलाई नै समस्या पर्ने पाण्डेले बताउनुभयो ।

सुँपानी–दुनैको १४ किमी सडकमा महँगो भाडा उठाएर सर्वसाधारण मर्कामा परेको भन्दै केही दिनअघि मात्रै जिल्ला प्रशासन कार्यालयले भाडा ३५० बाट घटाएर रु ३०० मा झारेको थियो । जिल्लाका ठूलीभेरी र त्रिपुरासुन्दरी नगरपालिकाले विभिन्न ठाउँमा राखेका कर सङ्कलन केन्द्रहरु अवैधानिक भन्दै प्रशासनले उठाएपछि भाडा घटाइएको घोषणा गरिएको थियो । तर प्रशासनले निर्णय गरेको दुई दिन नबित्दै जीप व्यवसायीहरुले यातायात सेवा ठप्प पारेका हुन् । दुनै–सुपाँनी सडकखण्डमा दुई दर्जनभन्दा धेरै जीपहरु सञ्चालनमा छन् ।