११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित

तेमालमा तामाङ सङ्ग्रहालय निर्माण हुने

तेमालमा तामाङ सङ्ग्रहालय निर्माण हुने
अ अ+ अ-

धुलिखेल । तामाङ समुदायको उद्गमथलोका रुपमा परिचित काभ्रेपलाञ्चोकको तेमालमा अन्तर्राष्ट्रिय तामाङ सांस्कृतिक संग्रहालय निर्माण गर्न तेमाल गाउँपालिकाले सरोकारवालासँग छलफल थालनी गरेको छ । तेमालमा सांस्कृतिक पर्यटन विकास गर्ने उद्देश्यले पालिका उपाध्यक्ष दलमान थोकरको नेतृत्वमा सङ्ग्रहालय निर्माण र यसको महत्वको विषयमा पहिलो चरणमा सांस्कृतिक विज्ञ, सामाजिक सङ्घ/संस्था र सञ्चारकर्मीसँग राय सुझाव लिने काम थालिएको हो ।

तेमाल गाउँपालिकाद्वारा आयोजित छलफलमा उपाध्यक्ष थोकर, मानवशास्त्री डा मुक्त सिं थोकर, अन्तर्रास्ट्रिय तामाङ परिषद्का महासचिव टासी लामा, तामाङ घेदुङको सङ्घीय अध्यक्ष मोहन गोले, सहअध्यक्ष कुमार घिसिङ, महासचिव जगत दोङ, नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान वल, गायक विश्व दोङ, नेकपा (माओवादी केन्द्र) तेमालका अध्यक्ष समीर तामाङ र शिक्षा शाखाका प्रतिनिधि भीम तामाङलगायतको सहभागी रहनुभएको थियो ।

तामाङ संस्कृति, धर्म, भाषा र कलाको विकास तेमालबाट भएको र यसको संरक्षण र विकासको लागि तेमालले सङ्ग्रहालय निर्माण गर्न आवश्यक प्रक्रिया थालनी गरेको गाउँपालिका उपाध्यक्ष थोकरले बताउनुभयो । “पछिल्लो पुस्तालाई देखाउन र विश्वभरिबाट तामाङसम्बन्धी कला, वेषभूषा, धर्म, संस्कृति, भाषा आदि खोज्न आउने बेलामा सबैले पाउने गरी सङ्ग्रहालयमा सङ्ग्रहित गर्न पहल आवश्यक भएकाले प्रक्रिया अगाडि बढाएका हौंँ ।” उहाँले भन्नुभयो, “करिब २७ देशमा तामाङ समुदायको बसोबास रहेको भन्ने छ, जहाँ तामाङ समुदायको बसोबास छ, त्यहाँका तामाङजातिको सबैखाले कला, संस्कृतिलाई समेत केन्द्रिकृत गर्नेगरी अन्तर्राष्ट्रिय तामाङ सङ्ग्रहालय निर्माण गर्ने अभियानमा जुटेका हौँ ।”

यसको लागि आवश्यक पर्ने जमिन पर्याप्त मात्रमा रहेको र केही भौतिक संरचना निर्माणसमेत भइसकेको अवस्थामा उक्त कार्यको लागि सम्भव हुने गाउँपालिकाले जनाएको छ । विगत चार वर्ष अगाडिदेखि नै तेमाल गाउँपालिका–७ स्थित सिङ्दानडाँडालाई छनोट गरी तामाङ सङ्ग्रहालय स्थापना गर्नको लागि प्रक्रिया प्रारम्भ गरिसकेको अवस्थामा अझ त्यसलाई वृहत बनाउन लागिएको गाउँपालिका उपाध्यक्ष थोकरले बताउनुभयो ।

यसअघि थालिएको अभियान अन्तर्गत सङ्ग्रहालय निर्माणका लागि प्रारम्भिक चरणमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषबाट तत्कालीन सांसद गङ्गाबहादुर तामाङको सक्रियतामा एक करोड लागतमा तीन तले प्रशासनिक भवन निर्माण भइसकेको छ ।
छलफलको क्रममा गाउँपालिकाले गर्नुपर्ने जग्गा प्राप्तिदेखि गुरुयोजना तयार गर्ने र अन्य सहयोगको लागि विभिन्न सङ्घ संस्थासँग आवश्यक सहयोगको आग्रह गर्ने गरी सुझाव दिएको छ ।

त्यसको लागि थप प्रक्रिया अगाडि बढाउनका लागि ल्होछारको अवसरमा कार्याशाला आयोजना गर्न लागिएको उपाध्यक्ष थोकरले बताउनुभयो । “आवश्यक कार्यपत्र तयारीको लागि डा मुक्त सिं थोकरलाई जिम्मा दिएको छ ।” उहाँले भन्नुभयो,“त्यसमा आवश्यक अध्ययन गरेर पालिकाले पूर्णता दिएपछि सोही अनुसार अगाडि बढ्ने भन्ने तयारीमा जुटेका छौँ ।”

गाउँपालिका आर्थिक वर्ष २०८०/८१ को नीति कार्यक्रममा तेमालको पहिचानस्थाल तथा गुरु पद्म सम्भवले तपस्य गरेको भूमि घेलुङ पहारा, तोङसुम कुण्डा, स्यापजे गुम्बा, सत्यनायारण मन्दिर, रोसाइवा, तामाङ सङ्ग्रहालय तथा दोर्जेग्याङ गुम्बालाई पर्यटन प्रवद्र्धन गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रसार गर्ने नीति लिइने उल्लेख गरेका छन् ।

त्यस्तै पर्यटकीयस्थल जोड्न पर्यटकीय सडक सञ्जाल कार्यान्वयन प्रारम्भ गरिने र विभिन्न जातजातिको जातजाति परम्परागत पर्व, संस्कार र संस्कृतिको प्रवद्र्धन गरिने उल्लेख गरिएको छ । तामाङ समुदायको बाहुल्यता रहेको तेमाल क्षेत्रमा निर्माण गर्न लागिएको सो सङ्ग्रहालयमा तामाङ समुदायका व्यक्तिको जन्मदेखि मृत्युसम्मको मौलिक संस्कार झल्किने सामग्री राखिने भएको छ । रासस