११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित

आँबुखैरेनी अस्पताल: जनशक्ति छ, उपकरण छैन

आँबुखैरेनी अस्पताल: जनशक्ति छ, उपकरण छैन
अ अ+ अ-

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालन गरेको अस्पतालमा शल्यक्रिया गर्ने जनशक्ति भए पनि उपकरण नहुँदा सेवा विस्तारमा समस्या भएको छ । आँबुखैरेनी अस्पतालले शल्यक्रिया सेवा सञ्चालन गर्ने लक्ष्य राखे पनि उपकरण अभावमा समस्या भएको हो ।

गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले चार प्रकारका शल्यक्रियाका लागि जनशक्ति भएको भन्दै उपकरण अभावका कारण सेवा सञ्चालनमा समस्या भइरहेको जानकारी दिनुभयो । “अस्पतालसँग तत्काल शल्यक्रिया सेवा सञ्चालन गर्न जनशक्ति तयारी अवस्थामा छन्”, उहाँले भन्नुभयो, “उपकरण अभावले सेवा सञ्चालन गर्न सकिरहेका छैनौँ ।”

चुमानका अनुसार अस्पतालमा एपेन्डिक्स, हाइड्रोसिल, हर्निया र प्रसूतिको शल्यक्रिया सेवा सञ्चालन गर्ने लक्ष्य राखिएको छ । चार वटा शल्यक्रिया सेवा सञ्चालनका लागि रू एक करोड बराबरको उपकरण आवश्यक पर्ने उहाँको भनाइ थियो । चुमानले भन्नुभयो, “शल्यक्रिया थिएटर र आवश्यक उपकरण व्यवस्थापन हुन सकिरहेको छैन । यसका लागि सरकारको ध्यानाकर्षण गराएका छौँ ।”

गाउँपालिकाले विसं २०७९ मङ्सिर १ गतेदेखि आँबुखैरेनी स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी १५ शय्याको अस्पताल सञ्चालन गरेको थियो । एक वर्ष पुगेको अवसरमा अस्पतालको गत यही मङ्सिर १ गते उद्घाटन गरिएको थियो ।

“गाउँपालिकाले अस्पतालका लागि नयाँ भवन बनाएको होइन । भइरहेको भवनको उपयोग गरी अस्पताल सञ्चालन गरेको हो”, चुमानले भन्नुभयो”, “वडा कार्यालय तथा गाउँपालिकाको सभाहल उपयोग गरी अस्पताल बनाएका हौँ । पहिलाको स्वास्थ्य चौकीलाई ओपिडी बनाएर सञ्चालन गरेका छौँ । इलाका वनको भवनलाई ल्याब बनाएका छौँ । त्यसमा फार्मेसी र शौचालयको पूर्वाधार थप गरेका छौँ ।” अस्पतालमा निकट भविष्यमा डायलायसिस सेवासमेत सुरु गर्ने तयारी रहेको उहाँले जानकारी दिनसभयो ।

डायलायसिस सेवाका लागि तीन वटा उपकरण आइसकेको अध्यक्ष चुमानले जानकारी दिनुभयो । “पाँच वटा उपकरण भए मात्रै एउटा युनिट मान्ने र सरकारले व्यवस्थापन गर्ने नि:शुल्क उपचार सुरु गर्न सकिने रहेछ । तीन वटा डायलायसिस उपकरण व्यवस्थापन भएको छ । बाँकी व्यवस्थापन गर्दैछौँ”, उहाँले भन्नुभयो ।

अस्पताल सञ्चालनका लागि गाउँपालिका अप्ठ्यारो घडीमा रहेको बताउँदै अस्पताललाई दिगो बनाउने सपना रहेको चुमानको भनाइ छ ।

गाउँपालिकाले यस क्षेत्रमा ट्रमा अस्पताल बनाउने लक्ष्य राखेको भन्दै चुमानले अस्पतालबाट दिइने सेवालाई दिगो र गुणस्तरीय बनाउने लक्ष्य रहेको बताउनुभयो । उहाँका अनुसार आँबुखैरेनी–१ स्थित सार्वजनिक र मित्रता माध्यमिक विद्यालयकोसमेत गरी करिब दुई सय रोपनी जग्गामा अस्पताल बनाउन सकिने छ ।

चुमानले भन्नुभयो, “तनहुँको दमौलीबाट पूर्व लागेपछि ५० किमि दूरीमा एउटा पनि सरकारी अस्पताल छैनन् । कुनै दुर्घटना भयो भने ज्यान बचाउन चितवन वा काठमाडौँ दौडिनुपर्छ । छिमेकी पालिकासँग अनुरोध गरेका छौँ, एउटा ट्रमा सेन्टर बनाऔँ । राष्ट्रिय ट्रमा सेन्टरमा रहेका आवासीय चिकित्सक ल्याउन सके धेरै जनाको ज्यान बचाउन सकिन्छ ।”

अस्पतालले तनहुँको आँबुखैरेनीका अलवा जिल्लाकै बन्दीपुर, गोरखाको पालुङटार, शहीद लखन र चितवनको इच्छाकामनाका जनतालाई सेवा दिइरहेको छ । अस्पतालबाट चौबिसै घण्टा आकस्मिक सेवा, आधारभूत प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, इसिजी, फार्मेसीलगायत सेवा प्रदान गरिएको छ । अस्पतालमा एक एमडिजीपी, तीन मेडिकल अधिकृत र १३ नर्स कार्यरत छन् ।

अस्पतालमा एक्सरे सेवासमेत सञ्चालनको तयारी गरिएको छ । जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र दुलेगौँडाबाट पाँच सय एमए एक्सरे मेसिन मर्मत गरी जडान गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेट डा डिबी क्षेत्रीले जानकारी दिनुभयो । अस्पतालमा एक्सरे मेसिन नहुँदा यस क्षेत्रका नागरिक सेवा लिनका लागि चितवनको भरतपुर वा अन्यत्रै जानुपर्ने बाध्यता थियो । अस्पतालमै सेवा सुरु हुने भएपछि आँबुखैरेनीका अतिरिक्त छिमेकी जिल्ला गोरखाका केही पालिकाका सर्वसाधारणले सहज रुपमा सेवा पाउने छन् । रासस