६ मंसिर २०८१, बिहीबार
,
Latest
नदी किनारसम्बन्धी मापदण्डमा पुनरावलोकन अनुमति चिसो बढेपछि सिरक डसनाको कारोवारमा वृद्धि विआरआईबारे अनावश्यक विवाद गरेर नेपालीको भाग्यमाथि खेलवाड गरिरहेको झलनाथको आरोप प्रथम त्रैमासिकको प्रगति समीक्षाः जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयकको मस्यौदा प्रतिवेदन पारित नेपाल वायुसेवा निगमद्वारा टिकटमा छुट उपत्यकामा तीनजना मृतावस्थामा भेटिए विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरेलाई अभिनन्दन नेप्से परिसूचक ३१.३१ अंकले गिरावट,कारोबार रकम ८ अर्ब रूसद्वारा युक्रेनमा अन्तरमहाद्वीपीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार
तपाईं के खोज्दै हुनुहुन्छ ?

अगाडि थिए अमिताभ, गीत थियो वर्षाको तर छायांकनपछि रातभर किन रोइन् स्मिता ?



अ+ अ-

एजेन्सी । हिन्दी सिने जगतको चर्चित र उत्कृष्ट नायिकाको चर्चा भयो भने स्मिता पाटिलको नाम बिना कुनै हिचकिचाहट दिमागमा आउँछ । उनी यति शक्तिशाली कलाकार थिइन् कि उनले छोटो करियरमा पनि ठूलो नाम कमाइन् ।

स्मिता पाटिलसँग सम्बन्धित धेरै कथाहरू अब सम्झनामा मात्र छन् । यस्तै एउटा घटना फिल्म ‘नमक हलाल’को सेटसँग सम्बन्धित छ । जसमा उनको अपोजिट अमिताभ बच्चन थिए ।

यो कथा अमिताभ र स्मितामाथि खिचिएको फिल्म ‘आज रपट जाएं’ को सुपरहिट गीतसँग सम्बन्धित छ । यस गीतमा दुवैको केमेस्ट्रीको निकै चर्चा भएको थियो । आज पनि पानी परेपछि सबैले यो रमाईलो वर्षा गीत गुनगुनाउन थाल्छन् ।

अमिताभ र स्मिताले पनि आफ्नो स्टाइलले यो गीतलाई यादगार बनाएका छन् । तर के तपाईलाई थाहा छ यति सुन्दर गीतको सुटिङपछि स्मिता पाटिल रातभर रोइन् ।

त्यो समयको सबैभन्दा रोमान्टिक गीत थियो जसमा स्मिता र अमिताभबीचको निकटता देखाइएको थियो । जबकि स्मिता पाटिललाई त्यतिबेला विभिन्न किसिमका सिनेमा र फिल्मका लागि चिनिन्छ । यो कमर्शियल सिनेमाको नजिक थियो ।

यस्तो अवस्थामा उनले यो गीत सुनेर निकै नर्भस भइन् । तर कुनै न कुनै रूपमा उनले शुट गरिन् । तर सुटिङपछि उनलाई दर्शकले मन नपाराउने होकी भन्ने डर थियो । रातभरि यही सोचेर रोइरहेकी थिइन् ।

पछि जब अमिताभ बच्चनलाई यो कुरा थाहा भयो तब उनले स्मिता पाटिललाई धेरै कुरा बुझाए र त्यसपछि मात्र स्मिताको मन शान्त भयो । तर, फिल्म रिलिज भयो, गीत हिट भयो र स्मिता पाटिललाई सबैभन्दा धेरै मन पराइयो ।