• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   प्रतिनिधिसभाको बैठक फेरि सर्‍यो, साढे ४ बजे बस्ने ★   कोशी प्रदेशमा पहिलो पटक चलचित्र महोत्सव शुरु ★   छानबिन समितिको कार्यादेश टुंगो नलागेपछि भोलिलाई सर्यो संसद बैठक ★   घाटु नाँच संरक्षणमा सोरबिस्नाका गुरुङ ★   प्लेअफमा पुग्न आरसीबीको ७ ‘चमत्कार’ ★   ग्रामीण सडक कालोपत्र भएपछि दैनिकी सहज बन्दै ★   लागुऔषध खैरो हिरोइन ४८ ग्रामसहित एक पक्राउ ★   मालपोत कार्यालय टीकापुरका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाईली सहित ८ जना बिरुद्ध आरोपपत्र दायर ★   मेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व सङ्कलन ★   सेतीमा पक्की पुल: तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै

चितवनमा धान उत्पादन १० प्रतिशत कमी



चितवन । जिल्लामा यसवर्ष धान उत्पादनमा १० प्रतिशतले कमी आएको छ ।

यहाँ २६ हजार तीन सय ५२ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो । त्यसमा एक लाख १२ हजार एक सय ९० मेट्रिक टन धन उत्पादन भएको छ । यसवर्ष धानको उत्पादकत्वमा समेत कमी आएको छ । चार दशमलव २६ मेट्रिकटन प्रतिहेक्टर धान उत्पादन भएको कृषि ज्ञानकेन्द्रले जनाएको छ ।

गत वर्ष २७ हजार आठ सय ९८ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो । त्यसमा एक लाख २४ हजार सात सय ६२ मेट्रिकटन धान उत्पादन भएको कार्यालयका योजना अधिकृत उमराज अर्यालले जानकारी दिनुभयो ।

सो वर्ष उत्पादकत्व चार दशमलव छ मेट्रिकटन प्रतिहेक्टर धान उत्पादन भएको थियो । उहाँका अनुसार गत वर्षको तुलनामा यसवर्ष १२ हजार पाँच सय ७२ मेट्रिकटन धान उत्पादन घटेको हो । धान रोप्ने समयमा वर्षात् नहुनु र धानमा रोगकीरा लाग्नुका कारण यसवर्ष उत्पादनमा कमी आएको अर्यालले बताउनुभयो ।

उहाँले भन्नुभयो, “समयमा पानी पर्न नसक्दा पहिलाको तुलनामा कम क्षेत्रफलमा धान रोपाइँ भयो, त्यससँगै बीउमा कीरा लाग्ने र धान उत्पादन हुने समयमा रोग लाग्ने समस्या आयो, जसका कारण उत्पादनमा कमी भयो ।” समयमा वर्षात् हुन नसक्दा पश्चिम चितवनका सबै क्षेत्रमा रोपाइँ हुन नसकेको उहाँले जानकारी दिनुभयो । धानको उत्पादन हुने समयमा कालो पोके, घाँटी मरुवा, गवारो जस्ता समस्या देखिएको उहाँले बताउनुभयो । रासस