• १० असार २०८१, सोमबार
  •      Mon Jun 24 2024
  •   Unicode
Logo
Latest
★   भ्रष्टाचारबिरुद्ध अझ निर्मम बन्न सरकारलाई सांसद गैरेको आग्रह ★   संसद् सचिवालयका कर्मचारीका माग पूरा गर्न सरकारको ध्यानाकर्षण ★   छाउपडी लगायतका कुप्रथा अन्त्यका लागि कानुन बनाउन समिति बनाईने ★   वित्तीय हस्तान्तरण गरिएका कार्यक्रम कार्यान्वयनका लागि प्रदेश तहको समन्वय प्रणाली विकास गर्नुपर्छ: मन्त्री चौधरी ★   हारपछि कप्तान पावेलले निराश बन्दै भने – हामी ट्रफी जित्न… ★   सांसद पौडेलको प्रश्न: देश सरकारले चलाइरहेको छ की अन्त कतैबाट चलेको छ? ★   किसानलाई ६४ हजार डालेघाँसका बिरुवा वितरण ★   ढुङ्गेधारा छ, पानी छैन ★   बेनीमा मौसम मापन केन्द्र स्थापना ★   भरतपुर महानगरपालिकाको बजेट ६ अर्ब ५५ करोड

गौतम गम्भीर र एस श्रीसान्तबीच मैदानमै झगडा



एजेन्सी । भारतका पूर्व क्रिकेटर गौतम गम्भीर र शान्तकुमारन नायर श्रीसान्त लेजेन्ड्स लिग क्रिकेट २०२३ को खेलमा भिड्दै थिए ।

यस लिगको एलिमिनेटर खेलमा गुजरात जायन्ट्सले इन्डिया क्यापिटल्सको सामना गरेको थियो, जसमा गुजरातका कप्तान पार्थिव पटेलले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए । टस जितेर पहिले ब्याटिङ गरेको इन्डिया क्यापिटल्सले २० ओभरमा ७ विकेट गुमाएर २२३ रन बनाएको थियो ।

जवाफमा गुजरात जायन्ट्सले लक्ष्य पछ्याउँदा २ सय ११ रन मात्र बनाउन सकेन । यो खेलमा इण्डिया क्यापिटल्स १२ रनले विजयी भएको थियो । खेलका क्रममा गौतम गम्भीर र एस श्रीसन्तबीच झगडा भएको थियो । खेलका क्रममा दुवै खेलाडी एकअर्कालाई रिसाएर हेरिरहेका थिए, जसको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

भाइरल भिडियोमा देख्न सकिन्छ कि एलएलसी २०२३ मा, इन्डिया क्यापिटल्सका कप्तान गौतम गम्भीर ओपन गर्न आए र अर्धशतक खेले । गम्भीरले आफ्नो ओभरमा श्रीसान्तलाई चुटेका थिए । यस क्रममा गम्भीरले एस श्रीसान्तको बलमा केही तीखो शट प्रहार गरे जसका कारण श्रीसान्तले आफ्नो रिस गुमाएका थिए र गम्भीरलाई हेर्ने प्रयास गरे तर गौतम पनि चुप लागेनन् ।

यो सम्पूर्ण घटना खेलको दोस्रो ओभरमा भएको थियो, जहाँ गंभीरले श्रीसान्तको ओभरको पहिलो बलमा छक्का प्रहार गरेका थिए । उनले अर्को बलमा चौका प्रहार गरे । तेस्रो बल डट थियो । यसपछि श्रीसान्त आफ्नो फलो थ्रुमा अगाडि बढे र गम्भीरलाई हेर्न थाले । गम्भीरले पनि उनलाई रिस उठाउँदै केही भन्न थाले । श्रीसान्तले ३ ओभरमा ३५ रन खर्चेर १ विकेट लिए ।