• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

के कोहलीले तोड्न सक्छन् सचिनको १०० शतकको कीर्तिमान ? लाराले दिए यस्तो जवाफ



एजेन्सी । भारतीय क्रिकेटका दुई दिग्गज सचिन तेन्दुलकर र विराट कोहलीबीच सधैँ प्रतिस्पर्धा हुने गरेको छ ।

हालै कोहलीले एकदिवसीय क्रिकेटमा सचिनको ४९ शतकलाई पछि पार्दै आफ्नो ५०औँ एकदिवसीय ऐतिहासिक शतक बनाए । यस्तो अवस्थामा अब वेस्ट इन्डिजका दिग्गज ब्याट्सम्यान ब्रायन लाराले विराट कोहलीले तेन्दुलकरको अन्तर्राष्ट्रिय क्रिकेटमा सय शतकको बराबरी गर्नेबारे टिप्पणी गरेका छन् ।

भारतले २०२४ मा केवल पाँच ओडीआई खेल खेल्नुपर्ने छ र कोहलीको टी–२० आई खेल्ने बारे कुनै स्पष्टता छैन । अब यस्तो अवस्थामा कोहलीले तेन्दुलकरको १०० शतक बराबरी गर्ने हो भने अबको ४ वर्षमा लगातार ५ शतक बनाउन उनको लागि सजिलो हुनेछैन ।

यस्तो अवस्थामा विराटको ब्याटिङका ​​ठूला फ्यान भएका ब्रायन लाराले आनन्दबजार पत्रिकासँग कुरा गर्दै कोहली तेन्दुलकरको १०० शतकको बराबरी गर्नबाट २० कदम टाढा रहेको र आफूलाई कोहलीले यो कीर्तिमान हासिल गर्न सक्ने जस्तो नलाग्ने प्रतिक्रिया दिएका छन् । यो निकै कठिन रहेको लारा बताउँछन् ।

वेस्ट इन्डिजका पूर्व कप्तानले क्रिकेटको दृष्टिकोणले यो ठीक नरहेको बताएका छन् । उनले भने, ‘कोहली अझै २० शतक टाढा छन् । अधिकांश क्रिकेटरले आफ्नो पूरा करियरमा यति धेरै शतक बनाउन सकेका छैनन् । उनले भने, उमेर कसैको लागि रोकिदैन । कोहलीले अझै धेरै कीर्तिमान तोड्नेछन्, तर सय शतक लाग्छ, सबैभन्दा कठिन हो ।’

तर, लाराले यो पनि भने कि यदि कोही १०० शतक नजिक आउन सक्छ भने त्यो कोहली हो । उनले आफू कोहलीको अनुशासन र समर्पणको ठूलो प्रशंसक रहेको बताउँदै कोहली सबै कुरा छोडेर खेलको तयारीमा लागेको प्रतिक्रिया दिए ।

‘यदि उनले तेन्दुलकर जस्तै १०० शतक बनाउन सक्छ भने म धेरै खुसी हुनेछु । सचिन मेरो प्यारो साथी थिए र मैले पहिले भने जस्तै म कोहलीको ठूलो फ्यान हुँ ।’ उनले थपे ।