२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

सैंबु खुला ब्याडमिन्टन: सेमिफाइनलका खेलहरु सम्पन्न, फाइनल खेल शनिबार



अ+ अ-

ललितपुर (भैंसेपाटी): सैंबु ब्याडमिन्टन सर्कलको आयोजनामा मगरगाउँमा सञ्चालित दोस्रो सैंबु खुला ब्याडमिन्टन प्रतियोगिताका सेमिफाइनल खेलहरु आज सम्पन्न भएका छन् ।

जिल्ला ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा सञ्चालित यस प्रतियोगिता अन्तर्गत आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा उत्तम सत्याल र भीम थापाको जोडीले शिशिर राई र सुरेश तामाङको जोडीलाई २१–१५ र २१–१७ को सोझो सेटमा पराजित गरी फाइनलको यात्रा तय गरेका छन् ।

दोस्रो खेलमा श्याम ठकुरी र ओमकार गुरुङको जोडीले अजय थापा मगर र कमल बहादुर थापालाई २१–१७ र २१–१७ को सेटमा पराजित गरेको थियो ।

यो प्रतियोगिताको फाइनल खेल यही मंसिर २३ गते शनिबार बिहान हुने आयोजक सैंबु ब्याडमिन्टन सर्कलले जनाएको छ ।

फाइनल खेल उत्तम सत्याल र भीम थापा एवं श्याम ठकुरी र ओमकार गुरुङबीच हुनेछ ।