१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय अनुसन्धान केन्द्रलाई प्रदेश प्रमुख डा.अहिराजको सहयोग



अ+ अ-

काठमाडौं । प्रदेश नं. २ प्रदेश प्रमुख डा.राजेश अहिराजले पदभार ग्रहण गरेपछि पहिलो महिनाको पारिश्रमिकको आधा रुपैयाँ महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई हस्तान्तरण गरेका छन् ।

बुधबार डा. अहिराजले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रमा पुगी आधा महिनाको तलब बराबरको रुपैयाँ सहयोग गरेका छन् ।

प्रदेश प्रमुख डा.अहिराजले राष्ट्रिय आविष्कार केन्द्रको भ्रमण निरीक्षण गर्नुका साथै छलफल समेत गरेका छन् । उनले महावीर पुनलाई प्रदेश २ मा पनि आविष्कार केन्द्रको स्थापनाका लागि प्रस्तावसमेत गरेको नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायले जानकारी दिएका छन् ।

उपाध्यायको पहलमा प्रदेश प्रमुख डा.अहिराजले सो सहयोग गरेका हुन् । आविष्कार केन्द्रका सञ्चालक पुनले प्रदेश २ मा पनि राष्ट्रिय आविष्कार केन्द्र स्थापना गर्न इच्छुक रहेको बताउँदै त्यसका लागि जग्गा र बजेटको आवश्यकता औंल्याए ।

नेपाल सरकारका पूर्वसचिव उपाध्यायका अनुसार प्रदेश प्रमुख डा.अहिराजले प्रदेश २ मा आविष्कार केन्द्र स्थापनार्थ हरेक सहयोग गराउने प्रतिबद्धतासमेत जाहेर गरेका थिए । जग्गा उपलब्ध गराउनेदेखि सरकारसँग बजेटका लागि पनि पहल गर्ने आश्वासन दिएका थिए ।

साथै, प्रदेश प्रमुख डा.अहिराजले राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक पुनलाई प्रदेश २ भ्रमणका लागि निम्तोसमेत दिएका थिए ।