• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

प्रमुख अतिथि नपाएर नेपाल बार हैरानीमा !



काठमाडौं । प्रत्येक वर्ष डिसेम्बर १० का दिन विश्व मानव अधिकार दिवसका अवसरमा आयोजना गर्ने कार्यक्रममा प्रमुख अतिथि नपाएर नेपाल बार एशोसिएसन हैरान भएको छ ।

बारले यस पटक मानव अधिकार दिवसका दिन चितवनमा सम्मेलनको आयोजना गर्दैछ । सो सम्मेलनका लागि प्रमुख अतिथिको लागि प्रधानन्यायाधीश बिश्वम्भर प्रसाद श्रेष्ठलाई पटक पटक आग्रह गरेपनि श्रेष्ठले वास्ता नगरेपछि बार अन्योलमा परेको हो ।

यसबीच तीन पटक प्रधानन्यायाधीश श्रेष्ठलाई भेटेर प्रमुख अतिथि बन्न आग्रह गरे पनि उहाँले बारको कार्यक्रममा सहभागी नहुने बरु आफ्नै हिसाबले गर्न सुझाव दिएपछि बारले अन्य न्यायाधीशलाई समेत आग्रह गरेको थियो ।

न्यायाधीश ईश्वर खतिवडाले पनि चासो नदेखाएपछि बारको टोली न्यायाधीश प्रकाश मानसिंह रावत र सपना मल्ल समक्ष पुगेको थियो, तर उहाँहरुले पनि ठोस जवाफ नदिएको स्रोतले जानकारी दिएको छ । प्रधानन्यायाधीश श्रेष्ठको सोही दिन गोरखा जिल्ला अदालतको कार्यक्रममा जाने तयारी छ ।

यसअघि बारले आयोजना गरेको कार्यक्रममा प्रधानन्यायाधीश नै प्रमुख अतिथिका रुपमा उपस्थित हुँदै आउनु भएको थियो । बार अध्यक्ष गोपालकृष्ण घिमिरेसँग सर्वोच्चका केही न्यायाधीश चरम असन्तुष्ट रहेको र त्यसैको प्रतिबिम्ब देखिएको स्रोतले जानकारी दियो ।