१ चैत्र २०८१, शुक्रबार
March 14, 2025 Friday

25.54°C

काठमाडौं

25.54°C

Kathmandu

Feels-like: 24.65

Wind: 4.41

Humidity: 19

Latest
भारतीय अन्तरिक्ष मिशन स्पाडेक्स उपग्रहको सफलतापूर्वक ‘अनडकिङ’ पूरा गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन समुदायको अग्रसरतामा जोगिँदै जनज्योति सामुदायिक वन ६० वर्षको उमेरमा तेस्रो विवाह गर्दैछन् आमिर खान ? सरकारको आम्दानीभन्दा खर्च बढी, आठ महिनामा २३ प्रतिशत मात्र विकास खर्च जिपको ठक्करबाट वृद्धको मृत्यु नेकपा एसबाट आन्दोलनको घोषणाः सरकारलाई ज्ञापनपत्र बुझाउनेदेखि, अन्तरक्रिया गर्नेसम्म–पूर्णपाठसहित ‘होस्टेल ३’ले पहिलो हप्तामा कति कमायो ? उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै अमेरिकी विमानमा अवतरणका क्रममा इन्जिनमा आगलागी हुँदा १२ जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली भुटानी शरणार्थी प्रकरण: खाणको निवेदनमा मङ्सिर २८ मा सुनुवाइ



file photo
अ+ अ-

काठमाडौँ । उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहनुभएका पूर्वमन्त्री बालकृष्ण खाणको निवेदनमाथि यही मङ्सिर २८ गते सुनुवाइ हुने भएको छ ।

उक्त अदालतका न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासमा यही मङ्सिर १५ गते राय बाँझी निर्णय सुनाएपछि उक्त विवादलाई तेस्रो न्यायाधीशसमक्ष पेश गरी सुनुवाइ गर्ने तय भएको थियो ।

न्यायाधीश पाण्डेले थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेश बदर गरी र रु ३० लाख धरौटीमा छाड्ने राय दिनुभएको थियो भने न्यायाधीश खरेलले धरौटीमा छाड्न नमिल्ने राय दिनुभएको थियो ।

उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईका अनुसार पूर्वमन्त्री खाणको मुद्दामा दुई न्यायाधीशको राय बाँझिएपछि निवेदन तेस्रो न्यायाधीशको इजलासमा पठाउने आदेशअनुसार यही मङ्सिर २८ गते एकल इजलासमा सुनुवाइ गर्ने तय भएको छ ।

अदालतले उक्त विवादमा नौजना प्रतिवादीको हकमा थुनामा पठाउने काठमाडौँ जिल्ला अदालतको आदेशलाई सदर गरेको थियो भने छ जना प्रतिवादीको हकमा थुनामै राख्ने काठमाडौँ जिल्ला अदालतको आदेश बदर गरी धरौटी माग गर्ने आदेश दिएको थियो ।

त्यसैगरी, लक्ष्मी महर्जन, आशिष बुढाथोकी, टङ्ककुमार गुरुङ र केशव तुलाधरलाई साधारण तारेखमै थुनामुक्त गर्ने आदेश गरेको थियो । रासस