३ पुष २०८२, बिहीबार
,
Latest
रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ: मुख्यमन्त्री पाण्डे वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै निर्वाचन नै अन्तिम विकल्प अर्थमन्त्री खनाल एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण रवि विदेश जानुपरे अदालतलाई पूर्व जानकारी गराउनुपर्ने, यस्तो छ अदालतको आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैतडीका प्रतापलाई डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ को पुरस्कार



अ+ अ-

काठमाडौँ । “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” योजना अन्तर्गत बैतडीका प्रताप सिंह थापाले जित्नुभएको पुरस्कार रकम हस्तान्तरण गरिएको छ ।

स्थानिय डिलरदाई ध्वज वहादुर थलालको समन्वयमा देहीमाण्डौ, बैतडीमा एक कार्यक्रमको आयोजना गरि थापालाई दशरथचन्द नगरपालिका बैतडीका मेयर पुष्कर राज जोशी, डिश मिडिया नेटवर्कको तर्फ वाट सिनियर सेल्स अफिसर कमल रिमाल र लक्ष्मीराज जाशीले नगद रु एक लाख हस्तान्तरण गर्नुभएको छ ।

कार्यक्रममा नगर प्रमुखका साथै दशरथचन्द नगरपालिका वडा नं. २ का अध्यक्ष सुर्य वहादुर थापा, सदस्य रज वहादुर वोहरा, वडा नं. ३ का अध्यक्ष अजव वहादुर पाण्डे, वडा नं. १ का अध्यक्ष बिष्णुदत्त भट्ट, योजना आयोग उपाध्यक्ष निर्मल पाण्डेय र स्थानिय प्रहरी चौकी प्रमुख चेतु खड्का लगाएतका विभिन्न क्षेत्रमा कृयाशिल व्यक्तिहरुको उपस्थितीमा स–सम्मान पुरस्कार रकम हस्तान्तरण गरिएको हो ।

डिशहोमले दशैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” सार्वजनिक गरेको थियो । उत्साहजनक रुपमा यो योजनाको लाभ उठाई रिचार्ज तथा नयाँ कनेक्सन जडान गर्नुहुने हाम्रो आदरनिय ग्राहकहरु लाई हार्दिक धन्यवाद साथै हरेक हप्ता नगद रु एक लाख जित्न सफल हुनु भएको सम्पुर्ण विजेता लाई हार्दिक वधाई । निकट भविष्यमा पनि कम्पनीले यस्तै खालका विभिन्न योजनाहरु ल्याउने छ जस वाट हाम्रा ग्राहकहरुले लाभ उठाउने विश्वास कम्पनीले लिएको छ ।