३ मंसिर २०८१, सोमबार
,
Latest
पुलमा भ्वाङ परेपछि विमानस्थल जोड्ने सडक अवरुद्ध भारतीय क्रिकेट टिमका प्रशिक्षक गौतम गम्भीरलाई दिल्ली उच्च अदालतबाट ठूलो राहत जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह धनगढीमा सुदूरपश्चिम रोयल्सको भव्य र्याली – फोटोफिचर सङ्खुवासभामा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु मलेखु–मुग्लिन सडकको काम चाडपर्वपछि तीव्र गतिमा बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा अन्तरिक्षमा अड्किएकी सुनिता विलियम्सको तौल लगातार घट्दै छ ? पूर्वसभामुख ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टि स्व ढुंगानाले संसदीय प्रणालीलाई सुदृढ बनाउन महत्वपूर्ण योगदान दिनुभयोः प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

बल ह्यान्डलिङका कारण आउट भए बंगलादेशका मुस्फिकुर



अ+ अ-

एजेन्सी । बंगलादेशका ब्याट्सम्यान मुस्फिकुर रहिमलाई मैदानमा अवरोध गरेको भन्दै आउट घोषित गरिएको छ ।

बुधबार मिरपुरमा भएको दोस्रो बंगलादेश र न्यूजिल्याण्ड टेस्ट म्याचको पहिलो दिन स्टम्पतिर आएको बललाई हातले रोक्ने प्रयास गरेपछि रहिमलाई आउट घोषित गरिएको हो । यसरी आउट हुने उनी पहिलो बंगलादेशी क्रिकेटर हुन् ।

घरेलु मैदान मिरपुरमा खेलिएको यस खेलमा आयोजक टोलीले पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । पहिलो इनिङ्सको ४१ औं ओभरमा मुस्फिकुरले फास्ट बलर काइल जेमिसनको बलको सामना गरे । उनले स्टम्पतिर उछालिएको बललाई दाहिने हातले रोक्ने प्रयास गरे।

मुस्फिकुर टेस्ट म्याचमा बल ह्यान्डलिङका कारण आउट हुने आठौँ खेलाडी हुन् । साथै, उनी यही कारणले आउट हुने क्रिकेट इतिहासमा ११ औँ खेलाडी बनेका छन् ।