५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराटनगर आगलागी अपडेट: मृत्यु हुनेको संख्या दुई पुग्यो



अ+ अ-

मोरङ । विराटनगरस्थित सातघुम्तीमा रहेको एक कवाडी गोदाममा आगलागीमा परी मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

आगो नियन्त्रणको क्रममा पुरिएको अवस्थामा एक जनाको शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए । शव नचिनिने अवस्थामा रहेको छ ।

यसअघि आगलागीमा परी गम्भीर घाईते भएका विराटनगर ७ का ३० वर्षीय दिपक मण्डलको उपचारको क्रममा न्युरो अस्पतालमा निधन भएको थियो ।

आगलागीमा गम्भीर घाईते भएका अन्य तीन जनाको पनि न्युरो अस्पतालमा उपचार भईरहेको प्रहरीले बताएको छ । उनीहरुको ८० प्रतिशतभन्दा धेरै शरिर जलेको छ ।

अहिले आगो भने नियन्त्रण भइसकेको छ । आगलागिको कारण भने खुलेको छैन ।