• १० फाल्गुन २०८०, बिहीबार
  •      Thu Feb 22 2024
  •   Unicode
Logo
Latest
★   सन्दीपले जेलबाहिर बसेर पुनरावेदनको मुद्दा लड्न पाउने ★   राप्रपा नेपालले चैत १ गते काठमाडौंमा वृहत जनप्रदर्शन गर्ने ★   त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राडा बराल नियुक्त ★   काठमाडौँमा विमान अवतरण हुन सकेनन्, एक भारतीय विमान लखनउ डाइभर्ट ★   नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट ★   गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित सात जनाविरुद्ध मुद्दा दायर ★   नारायणगढ–मुग्लिन सडक: फागुन १३ गतेदेखि बन्द नहुने ★   जिल्ला अदालतको फैसलाविरुद्ध सन्दीप लामिछाने उच्च अदालतमा ★   नेपाल ‘ए’ लाई हराउदै क्यानडा–११ ले जित्यो सिरिज ★   बार्सिलोनाका पूर्व खेलाडी आल्भेस बलात्कारको मुद्धामा दोषी ठहर

बक्स अफिसमा ‘एनिमल’को धमाका: ५ सय करोड नजिक



एजेन्सी । रणवीर कपुरको ‘एनिमल’ ले बलिउड बक्स अफिसमा धमाका मच्चाईरहेको छ । यसले चलचित्र रिलिजको पाँचौँ दिन मंगलबार ३८.२५ करोड भारु कमाएको छ । यौसँगै चलचित्रले भारतमा मात्रै २८३.७४ करोड भारु कमाएको छ ।

विश्वव्यापी कलेक्सनमा भने ‘एनिमल’ ५ सय करोड नजिक पुगेको छ । चलचित्रले ५ दिनमा विश्वभर ४ सय ८१ करोड भारु कमाएको छ ।

स्याकनिल्कको रिपोर्टको अनुसार मंगलबार ‘एनिमल’को हिन्दी भर्सनमा दर्शकको उपस्थिति ४२.५१ प्रतिशत रहेको थियो । बुधबार चलचित्रले घरेलु बक्स अफिसमा ३ सय करोड क्लब पार गर्ने अपेक्षा गरिएको छ ।

उता ‘एनिमल’सँगै रिलिज भएको विक्की कौशलको ‘साम बहादुर’ मा भने खडेरी लागेको छ । यस चलचित्रले मंगलबार ३.५० करोड भारतीय रुपैयाँ आम्दानी गरेको छ । सोमबार पनि चलचित्रले सोही रकम बराबरको कारोबार गरेको थियो ।

एनिमलमा रणवीर कपूर बाहेक अनिल कपुर, बबी देओल र रश्मिका मन्दानाको पनि अभिनय रहेको छ । फिल्मलाई सन्दीप रेड्डी वांगाले निर्देशन गरेका हुन् ।