• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   राजनीतिक दल सम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णय ★   काँग्रेसको अवरोधपछि जेठ ६ गतेसम्मका लागि राष्ट्रियसभाको बैठक स्थगित ★   उपप्रधानमन्त्री लामिछानेलाई संसदमा बोल्न दिनुपर्नेमा राप्रपाको जोड ★   हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग ★   सन्दीपलाई मेरिना इम्पेक्सको सुट ★   प्रधानमन्त्रीले कांग्रेसका नेताहरूलाई छलफलका लागि बोलाए ★   संसदीय समिति नबनेसम्म सदन चल्न नदिने ‘मुड’मा विपक्षी दल ★   ‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु: उपसभामुख राना (अन्तरवार्ता) ★   न्यायपालिकाप्रतिको आशंका निवारणमा सबै पक्षको प्रयास केन्द्रित हुनुपर्छ: प्रधानन्यायाधीश श्रेष्ठ ★   न्यायपालिकाको सुदृढिकरणका लागि सरकार प्रतिवद्ध: प्रधानमन्त्री

राष्ट्रिय जनता दल नेपाल राप्रपा नेपालमा समाहित



काठमाडौं । राप्रपा नेपालमा राष्ट्रिय जनता दल नेपाल समाहित हुने सहमति भएको छ ।

देशमा एउटा बलियो राष्ट्रवादी प्रजातन्त्रिक शक्ति निर्माण गर्ने उदेश्यका साथ आनन्द शर्मा नेतृत्वको राष्ट्रिय जनता दल नेपाल आज २०८० मंसिर २० गतेबाट राप्रपा नेपालमा समाहित हुने सहमति पत्रमा हस्ताक्षर भएको हो । ५ बुँदे सहमति पत्रमा राप्रपा नेपालका अध्यक्ष कमल थापा र राष्ट्रिय जनता दल नेपालका अध्यक्ष आनन्द शर्माले हस्ताक्षर गरेका छन् ।

राप्रपा नेपालमा राष्ट्रिय जनता दल नेपाल समाहित हुने सहमति पत्र सहमति पत्रमा राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढिकरण, संबैधानिक राजसंस्था सहितको प्रजातन्त्र तथा सर्वधर्म समभाव र पुर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दुराष्ट्रको स्थापनाको निम्ति आगामि दिनमा सशक्तरुपमा क्रियाशील रहने प्रतिवद्धता व्यक्त गरिएको छ ।

सम्बर्द्धनवादको बैचारिक धरातलमा सुशासनको माध्यमबाट मुलुकको सर्वाङ्गिण आर्थिक बिकास र समृद्धि हाम्रो साझा लक्ष्य हुने तथा सामाजिक न्याय, समानता, समावेशिता एवं मधेस, पहाड र हिमालको समानुपातिक बिकास प्राथमिकता रहने जनाईएको छ ।

भ्रष्टाचारको अन्त्य तथा कृषी, पर्यटन एवं उद्योग व्यवसायको प्रवर्द्धनद्वारा देशभित्र रोजगारीको अवसर सिर्जना गर्न प्रयत्नशील रहने र राप्रपा नेपालमा समाहित भएको राष्ट्रिय जनता दल नेपालका नेता र कार्यकर्ताहरुलाई ससम्मान विभिन्न पदहरुमा समायोजन गरिने सहमति भएको सहमति पत्रमा उल्लेख गरिएको छ ।