११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने

आजियाटाले नेपालमा लगानी गर्न उचित छैन भन्ने प्रचार गर्‍यो: स्वर्णिम वाग्ले

आजियाटाले नेपालमा लगानी गर्न उचित छैन भन्ने प्रचार गर्‍यो: स्वर्णिम वाग्ले
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा सांसद डा.स्वर्णिम वाग्लेले आजियटा गु्रपका सिईओलाई अर्थसमितिले पत्र काट्नुपर्ने बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै सांसद वाग्लले यस्तो माग गर्नुभएको हो । उहाँले अर्थ समितिमा आएर आजियटा गु्रपका सिईओले नेपालको लगानीको विषयमा जानकारी दिनुपर्ने बताउनु भयो । उहाँले आजियटाका सिईओ सुदले नेपालमा लगानीको वातावरण नभएको र नेपालबाट बाहिरिनु शेयर लगानीकर्ताको हित भएको भनेकाले नेपालमा लगानीको वातावरण खराब हुने पुष्टि गरेको बताउनु भयो ।

उहाँले नेपालको अर्थराजनीतिक माहोललाई संकेत गर्दै त्यहाँ भइरहेका र बढ्दो चुनौतिहरु हवला दिँदै एनसेललाई बिक्रीमा राख्नुपर्ने बाध्यता रहेको पत्रमा उल्लेख गर्नु नेपाल राष्ट्रकै छविमा क्षति पुर्‍याउने सम्भावना रहने बताउनु भयो । उहाँले देशलाई प्रगतिको बाटोमा लैजाने,आय र रोजगारी बिस्तार गर्नको लागि प्रत्येक्ष लगानी भित्र्याउनु पर्ने,स्वदेशी लगानीको माहोल बनाउनु पर्ने दस्तावेजहरुले बोल्ने बताउनु भयो । उहाँले निर्यात प्रवद्र्धन र प्रविधि हस्तान्तरणको लागि पनि राम्रोसँग वैदेशिक लगानी भित्र्याउन आवश्यक रहेको बताउनु भयो ।

सांसद वाग्लले २०८१ वैशाखमा सरकारले लगानी सम्मेलन गर्ने तयारी गरेको अवस्थामा एनसेल शेयर बिक्री गरेर बाहिरिनु नेपाल लगानीको लागि उपयुक्त नभएको भन्ने सन्देश जाने बताउनु भयो । उहाँले वैदेशिक लगानीकर्ता ल्याउन तामझामका साथ कार्यक्रम गर्ने र नेपालमा भित्रिएको सबैभन्दा ठूलो प्रत्यक्ष लगानीकर्ताहरुमध्ये एक एनसेल नेपाललाई धारे हात लगाएर बाहिरिनु गम्भिर प्रश्नहरु उठाएको बताउनु भयो । उहाँले वर्षको ४० अर्ब देखि ६० अर्ब सम्मको कारोबार गरेको भनेर डकुमेण्ट भएको एनसेल कम्पनीलाई नेपालका प्रमुख राजनीतिक नेता,कर्मचारीहरु,नीति निर्माताहरु र मिडियालाई समेत वर्षौंदेखि अनुचित लाभ र प्रलोभन दिँदै प्रभावमा पर्ने गरेको आरोपले नेपालको लोकतान्त्रिक विधि र सुशासनको खिल्ली उडाउँदै आएको उल्लेख गर्नुभयो । उहाँले नेताका आफन्तजनलाई सिंगापुर घुमाउने पात्रले शेयर खरिद गरेकाले समितिमा उभ्याउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘एनसेलको बिक्रीले उजागर गरेका आर्थिक कुशासन लगानी विकर्षण बारे वृहत नीतिगत समिक्षा आवश्यक भएको देखिन्छ । आजियटा कम्पनीको सीईओलाई नै अर्थ समितिले पत्र काट्नुपर्छ । त्यसको लागि कस्तो सहयोग चाहिन्छ हामी तयार छौं । विवेक सुद आजियटाका गु्रप एजिकेटिभ अफिसरले नोबेम्बर २९,२०२३ मा एउटा विज्ञाप्ति जारी गर्नुभएको छ । नेपालको अर्थराजनीतिक माहोललाई संकेत गर्दै त्यहाँ भइरहेका र बढ्दो चुनौतिहरु हबला दिँदै एनसेललाई बिक्रीमा राख्नुपर्ने बाध्यता रहेको पत्रका उल्लेख छ । आजियटाका शेयर धनीहरुको हितमा यो कदम आवश्यक भएको भन्ने पनि उल्लेख छ । त्यसले नेपाल राष्ट्र कै छविमा क्षेति पुर्‍याउने सम्भावना रहन्छ । त्यही कारण उहाँलाई यही समितिमा उपलब्ध गराउनु पर्छ । देशलाई प्रगतिको बाटोमा लाने,आय र रोजगारी विस्तार गर्नको लागि प्रत्येक्ष लगानी भित्र्याउनु पर्ने,स्वदेशी लगानीको माहोल बनाउनु पर्ने दस्तावेजहरुले बोल्छ ।’

‘निर्यात प्रवद्र्धन र प्रविधि हस्तानतरणको लागि पनि राम्रोसँग वैदेशिक लगानी भित्र्याउने हो भने ठूलो महत्व रहेको छ । २०८१ वैशाखमा सरकारले लगानी सम्मेलन गर्ने भनेको छ । त्यसलाई यसले लगानीको विश्वस्नियतालाई प्रश्न गरेको छ । लगानीकर्ता आउनु भनेर तामझाम कार्यक्रम गर्ने र नेपालमा भिक्रिएको सबै भन्दा ठूलो प्रत्यक्ष लगानीकर्ताहरुमध्ये एक एनसेल नेपाललाई धारे हात लगाएर बाहिरिनु गम्भिर प्रश्नहरु उठाएको छ । ती प्रश्नलाई तीन खण्डमा विभाजित गरेर हेर्नुपर्छ । पहिलो आर्थिक कुशासन र रेपुटेसनल कष्ट निर्णयबाट सिर्जित वर्षको ४० अर्ब देखि ६० अर्ब सम्मको कारोबार गरेको भनेर डकुमेन्ट भएको एनसेल कम्पनीलाई नेपालका प्रमुख राजनीतिक नेता,कर्मचारीहरु,नीति निर्माताहरु र मिडियालाई समेत वर्षौंदेखि अनुचित लाभ र प्रलोभन दिँदै प्रभावमा पर्ने गरेको आरोपले नेपालको लोकतान्त्रिक विधि र सुशासनको खिल्ली उडाउँदै आएको कुरा जगजाहेर नै छ । आजियटामा नेपाली साझेदार भनिएका साझेदार पात्रले महिना–महिनामा नेपालका नेताहरु र नेताका श्रीमती, नेताका छोरालाई सिंगापुर घुमाएको फेसबुकमा सार्वजनिक भएको छ ।’

उहाँले शेयर खरिदबिक्री प्रकरणले नेतालाई रिझाएर मात्रै टिक्न सकिने भन्ने बुझिने दाबी गर्नुभयो ।उहाँले आजियटाका प्रवन्धनिर्देशक, नेपाली मुलका साझेदार, अर्थमन्त्री, लगानी बोर्डका सीईओलगायतलाई समितिले डाक्नुपर्ने वाग्लेको जिकिर थियो ।