१६ भाद्र २०८३, मंगलवार
,
Latest
राहतका लागि सरकारले लागू गरेको ‘एकद्वार प्रणाली’ प्रभावकारी हुन सकेनः सांसद सुनार भोटेकोशी बाढी र जनधनको क्षतिप्रति राष्ट्रिय सभाद्वारा विशेष प्रश्ताव पारितः सांसदहरूले १५ दिनको पारिश्रमिक सहयोग… रसुवागढी बाढीको विपद्ः राष्ट्रिय एकता कायम गरी प्रभावकारी उद्धार र राहतमा जुट्न सुवेदीको आग्रह रसुवा बाढी अपडेटः मृतकको सङ्ख्या १ हजार ३ पुग्यो, करिव ४ हजार बेपत्ता पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन (तस्बिरसहित) सामाजिक सञ्जालमा भाइरल गन्तव्यः सुन्दरताभित्र लुकेको जोखिम कृष्णभीर पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग खुलाउन कम्तीमा १५ दिन लाग्ने पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन गण्डकी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

डोल्पामा टेलिफोनको ‘लोडसेडिङ’



अ+ अ-

जाजरकोट । डोल्पामा नेपाल टेलिकमको भरपर्दो सेवा नहुँदा जनताले अहिले पनि सास्ती खेप्नु परेको छ । डोल्पामा राखिएका टेलिकमका टावरले घामका छउन्जेलमात्र सेवा दिन थालेपछि डोल्पाली जनताले फोनका लागि सास्ती खेप्नु परेको हो ।

जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–२ रसी लेकमा राखिएको माइक्रो वेब टावरले राम्रोसँग काम नगर्दा यहाका जनताले फोन र इन्टरनेट सुविधा ढुक्कले उपभोग गर्न पाएका छैनन् । मङ्सिर महिना सुरु भएसँगै त्रिपुरासुन्दरी र ठूलीभेरी नगरपालिकाका विभिन्न स्थानमा फोन तथा इन्टरनेटका लागि राखिएका टावरहरु अवरुद्ध हुन थालेका हुन् ।

हिमाली क्षेत्रमा चिसो बडेसँगै टावर पनि आउनेजाने हुन थालेको त्रिपुराकोट निवासी दुर्गाप्रसाद देवकोटाले बताउनुभयो । एक महिनायतादेखि साँझसम्म आउने फोनको टावर बिहान उठ्दाखेरि एकाएक गायब हुन थालेको उहाँको भनाइ थियो। “आजको युगमा फोन र इन्टरनेट अपरिहार्य छ, कठिन भौगोलिक वनावट र यातायातको सुविधा नहुँदा दुर्गममा सामान्य खबर आदानप्रदान गर्न पनि एक ठाउँबाट अर्को ठाउँमा पुग्नु पर्छ, फोन र इन्टरनेट भैदियो भने घरबाटै खबर आदानप्रदान गर्न सकिन्छ”, देवकोटाले भनुभयो ।

प्रत्येक दिन करिब पाँच घण्टासम्म फोन र इन्टरनेट सेवा दुवै जान थालेपछि दुर्गमका नागरिकलाई समस्या भएको उहाँको भनाइ थियो । डोल्पालवासीका लागि दुर्गमलाई सुगमसँग जोड्ने र सुगमको अनुभूति गराउने फोन र इन्टरनेट नै भएकाले टावरलाई कसरी हुन्छ जुनसुकै बेला पनि चल्ने बनाउन उहाँले आग्रह गनुभयो । रसी लेकमा राखिएको टावर अवरुद्ध भएसँगै जुफाल र त्रिपुराकोटको पनि टावर अवरुद्ध हुने गर्दछ । त्रिपुराकोटको टावर केही महिना अघिमात्रै सञ्चालन भए पनि रसी र जुफालको टावरमा भने ऊर्जाको समस्या रहेको नेपाल टेलिकम जिल्ला शाखाका अधिकृत जयलाल बुढाथोकीले बताउनुभयो ।

विद्युत् पनि नजोडिएको अवस्था र घाम नलाग्दा सोलारले राम्रोसँग काम नगर्ने भएपछि मङ्सिरयता यहाँका विभिन्न टावरमा समस्या आइरहेको उहाँको भनाइ थियो । रसी र जुफालको टावरमा सोलार र ब्याट्री थप भएमा यो समस्या हटथ्यो तर रसी लेकमा राखिएको टावरका लागि आँखे खोला जलविद्युत्बाट पोलसमेत गाडिए पनि विद्युत् सञ्चालन नभएपछि बत्ती भने जान सकेको छैन । रासस




भर्खरै