११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने

जाजरकोट भूकम्प: मृतकका आफन्तलाई बीमाबापतको रकम दिन सुरु

जाजरकोट भूकम्प: मृतकका आफन्तलाई बीमाबापतको रकम दिन सुरु
जाजरकोट भूकम्प (फाईल फोटो)
अ अ+ अ-

जाजरकोट । कात्तिक १७ गते जाजरकोटको बारेकोट–१ रामिडाँडा केन्द्र बनाएर गएको भूकम्पबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई बीमाबापतको रकम हस्तान्तरण प्रक्रिया सुरु भएको छ ।

नलगाड नगरपालिकाका ५६ मृतकमध्ये २९ जनाको परिवारलाई रकम हस्तान्तरण गरिएको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिनुभयो । उहाँका अनुसारप्रति मृतक रु दुई लाखका दरले रकम वितरण गरिएको हो ।

क्रमश: सबै पालिकामा गएर अबको तीनरचार दिनमा बिमाबापतको रकम वितरण गरिसक्ने जिसीले बताउनुभयो । प्रदेश सरकारले कर्णालीमा बसोबास गर्ने नागरिकका लागि यसअघि नै प्राकृतिक दुर्घटना बीमा गर्ने कार्यक्रम अघि सारेको थियो । सोही कार्यक्रमअन्तर्गत बीमा रकम वितरण गरिएको हो ।

भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी एक सय ५० भन्दा बढीको मृत्यु भएको थियो । “हामीले एकै परिवारका चार जनाको मृत्यु भएको छ । मृतकका परिवारलाई रू आठ लाख रकम दिने गरेका छौँ”, जिसीले भनुभयो”, “चाँडो रकम वितरण गरेर मृतक परिवारलाई सहयोग पुगोस् भन्ने उद्देश्यसहित हामीले रकम वितरण सुरु गरेका हौँ ।”

वितरण कार्यमा मन्त्री जिसीसहित बीमा प्राधिकरण कर्णाली प्रदेश प्रमुख पदम सोडारी पनि सहभागी हुनुहुन्छ । प्रदेश सरकारले सार्वजनिक संरचना निर्माण तत्काल सुरु गर्ने निर्णय गरेको छ । भूकम्पबाट प्रभावित खानेपानी, बाटो, विद्यालय, स्वास्थ्य चौकी, सिँचाइका योजनामा क्षति पुगेको थियो । ती योजना प्रदेश सरकारले विनियोजन गरेको रू एक अर्बबाट मर्मत सम्भार गरिने जनाइएको छ । रासस