• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo

रास्वपाको सचिवालय बैठक बस्दै



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज बस्दैछ । रास्वपाको केन्द्रीय सदस्य एवं सहप्रवक्ता प्रतिभा रावलले पार्टीको सचिवालयको बैठक आज पार्टी कार्यालय च: मति वनस्थलीमा बस्ने बताउनुभयो ।

“साझ ५ बजे सचिवालयको बैठक र त्यो भन्दा अघि नवमनोनित केन्द्रीय सदस्यको शपथ ग्रहणको कार्यक्रम छ”, उहाँले भन्नुभयो । सहप्रवक्ता रावलका अनुसार आज दिउँसो थपिएका केन्द्रीय सदस्यहरुले शपथ लिने कार्यक्रम रहेको छ ।

महोत्तरीको जलेश्वरको केन्द्रीय समिति बैठकको निर्णयबाट पार्टीको २६ जना केन्द्रीय सदस्य थपिएको थियो । बैठकमा पार्टीको विभिन्न विभागको कार्यविधि अनुमोदन गर्ने कार्यक्रम समेत रहेको बताइएको छ । रासस