• १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
  •   Unicode
Logo
Latest
★   वर्षाको कारण रद्द भएको खेलको टिकटको पैसा फिर्ता गर्दै गुजरात ★   चलचित्र ‘मोदीबेनी’ श्रावण १८ गते रिलिज हुने ★   आईपीएल प्लेअफअघि नै इंग्ल्याण्ड फर्किए राजस्थानका बटलरसहित अन्य टिमका स्टार खेलाडी ★   जिबी राईको पासपोर्ट रोक्न राहदानी विभागमा प्रहरीको पत्राचार ★   नेपाल–कोरिया सम्बन्ध सगरमाथा जस्तै उच्च होस् ★   एकैपटक ६० सहसचिवको सरुवा (सूचीसहित) ★   जीबी राईको राहदानी रद्द गर्न प्रहरीको पत्र ★   संविधान बचाउन आवश्यक छ: प्रथम राष्ट्रपति यादव ★   इतिहासका प्रत्येक भोगाइहरु लेखेर राख्नुपर्छ: माधव नेपाल ★   पोखरीमा पानी सङ्कलन गरेर सागसब्जी फलाउँदै कैलालीका किसान

एनसेल शेयर बिक्रीमा प्रचलित कानून बमोजिमको प्रकृया अवलम्बन गर्न राप्रपाको माग



file

काठमाडौं । राप्रपाले एनसेल शेयर बिक्रीमा प्रचलित कानून बमोजिमको प्रकृया अवलम्बन गर्न सरकारसंग माग गरेको छ ।

राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले मंगलबार साँझ प्रेस विज्ञप्ति जारी नेपालमा वैदेशिक लगानीलाई दुरुत्साहन नहुने गरी भ्रष्टाचारजन्य कामकारबाही हुन नदिन पूर्व सावधानीका साथ यथार्थ विवरण अविलम्ब सार्वजनिक गर्न साथै सत्यतथ्य छानविन गर्न माग गर्नुभएको छ ।

राप्रपाले एनसेल शेयर बिक्रीमा अर्बौँ रकम कर छल्ने, नेपाल सरकारको स्वामित्वमा आउनबाट रोक्ने तथा प्रचलित दूरसञ्चार क़ानुन विपरीत हुने गरी शेयर खरीद बिक्री भएको सार्वजनिक सञ्चारमाध्यममा प्रकाशित समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।