• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   गुल्मी पहिरो अपडेटः एकै घरका पाँच जनाको मृत्यु ★   जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामाः प्रधानमन्त्री ★   खेती धान्ने महिला किसानलाई छैन प्रोत्साहन ★   शीतल निवासमा धान रोपाइँ – तस्बिरहरु ★   प्रधानमन्त्री पुष्पकमल दाहालले कसरी रोपे धान ? (फोटोफिचर) ★   गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका तीन जनाको मृत्यु, दुई बेपत्ता ★   नौ महिनाभित्र वास्तविक किसान पहिचान गर्छौं : कृषि मन्त्री साह ★   पचास प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा ★   बागलुङमा पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाती घाइते ★   दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

नारायणगोपाल स्मृति सम्मान तारादेवी र गणेश रसिकलाई



काठमाडौँ । स्वरसम्राट नारायण गोपाल गुरुवाचार्यको ३३ औँ स्मृति दिवसका अवसरमा स्वर किन्नरी तारादेवी (मरणोप्रान्त) र सङ्गीतकार गणेश रसिक (राई)लाई सम्मान गरिएको छ ।

नारायणगोपाल सङ्गीत कोष र सांस्कृतिक संस्थानद्वारा आज आयोजित कार्यक्रममा कोषका अध्यक्ष उषा शेरचनले उहाँहरुलाई नारायणगोपाल स्मृति सम्मान एवं विशेष पुरस्कार प्रदान गर्नुभयो । पुरस्कारको राशि जनही रु ५१ हजार रहेको छ ।

दिवङ्गत तारादेवीलाई प्रदान गरिएको सम्मान तथा पुरस्कार तारादेवी स्मृति प्रतिष्ठानका उपाध्यक्ष भूवन चन्दले ग्रहण गर्नुभयो । अग्रज स्रष्टा तारादेवीले तीन हजार पाँच सय बढी गीतमा स्वर दिनुभएको छ ।

सो अवसरमा सम्मानित व्यक्तित्व रसिकले स्वरसम्राट नारायणगोपालसँगको सहकार्यका अनुभूति सुनाउँदै उहाँको गीत सङ्गीतबिना सुगम सङ्गीत अपुरो हुने बताउनुभयो । कार्यक्रममा विभिन्न कलाकारले नारायणगोपालले गाउनुभएका विभिन्न गीत प्रस्तुत गर्नुभएको थियो । रासस