२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलः यी हुन् २००८ देखि २०२३ सम्म महँगो मूल्यमा बिक्रि भएका खेलाडी



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को लिलामीको तयारी तीव्र गतिमा भइरहेको छ । अर्को सिजनको लागि, फ्रान्चाइजीहरूले १९ डिसेम्बर २०२३ मा दुबईमा खेलाडीहरूमाथि पैसाको वर्षा गरेको देख्न सकिन्छ ।

यस पटक, फ्यानहरू कुन खेलाडीमा सबैभन्दा धेरै पैसा खर्च हुनेछ भनेर हेर्न पर्खिरहेका छन् । यसैबीच २००८ देखि २०२३ सम्म कुन–कुन खेलाडी महँगो मूल्यमा बिक्रि भए भन्नेबारे यहाँ जानकारी लिऔं ।

१. वर्ष २००८ – महेन्द्र सिंह धोनी (चेन्नई सुपर किंग्स )
सूचीमा पहिलो स्थानमा चेन्नई सुपर किंग्सका कप्तान महेन्द्र सिंह धोनीको नाम छ, जसलाई चेन्नईले २००८ को आईपीएल लिलामीमा ९.५ करोड भारु बोली लगाएर आफ्नो क्याम्पमा सामेल गरेको थियो । सन् २००८ को आईपीएल लिलामीमा धोनी सबैभन्दा महँगा खेलाडी थिए ।

२. वर्ष २००९ – केभिन पिटरसन (रोयल च्यालेन्जर्स बैंगलोर)
सूचीमा दोस्रो स्थानमा केभिन पिटरसनको नाम छ, जसलाई रोयल च्यालेन्जर्स बैंगलोरले ९.८ करोड भारु बोली लगाएर आईपीएल २००९ को लिलामीमा समावेश गरेको थियो । केभिन आईपीएल २००९ को लिलामीमा किनिएका सबैभन्दा महँगा खेलाडी थिए ।

३. वर्ष २०१० – केरोन पोलार्ड (मुम्बई इन्डियन्स )
सूचीमा तेस्रो स्थानमा केरोन पोलार्डको नाम छ, जसलाई सन् २०१० मा मुम्बई इन्डियन्सले ४.८ करोड भारु तिरेर आफ्नो क्याम्पमा सामेल गरेको थियो । २०१० को लिलामीमा केरोन पोलार्ड सबैभन्दा धेरै रकममा बिक्रि भएका खेलाडी थिए ।

४. वर्ष २०११ – गौतम गंभीर (कोलकाता नाइट राइडर्स)
सूचीमा चौथो स्थानमा गौतम गम्भीरको नाम छ, जसलाई कोलकाता नाइट राइडर्सले २०११ मा १४.९ करोड भारुमा किनेको थियो । २०११ को आईपीएल लिलामीमा गम्भीर सबैभन्दा महँगा खेलाडी बनेका थिए ।

५. वर्ष २०१२ – रविन्द्र जडेजा (चेन्नई सुपर किंग्स)
रविन्द्र जडेजाको नाम सूचीमा पाँचौं स्थानमा छ, जसलाई चेन्नई सुपर किंग्सले १२.८ करोडमा किनेको थियो । आईपीएल २०१२ को लिलामीमा रविन्द्र जडेजा सबैभन्दा महँगा खेलाडी थिए ।

६. वर्ष २०१३ – ग्लेन म्याक्सवेल (मुम्बई इन्डियन्स)
ग्लेन म्याक्सवेललाई मुम्बई इन्डियन्सले ६.३ करोडमा किनेको थियो । सन् २०१३ को आईपीएल लिलामीमा ग्लेन म्याक्सवेल सबैभन्दा महँगा खेलाडी बनेका थिए ।

७. वर्ष २०१४ – युवराज सिंह (रोयल च्यालेन्जर्स बैंगलोर)
युवराज सिंहको नाम सूचीमा सातौं स्थानमा छ, जसलाई आरसीबीले २०१४ को आईपीएल लिलामीमा १४ करोड भारुमा आफ्नो क्याम्पमा समावेश गरेको थियो । आईपीएल २०१४ को लिलामीमा युवराज सिंह सबैभन्दा महँगा खेलाडी बनेका थिए ।

८. वर्ष २०१५ – युवराज सिंह (दिल्ली क्यापिटल्स)
युवराज सिंहलाई दिल्ली क्यापिटल्सले २०१५ आईपीएल लिलामीमा १६ करोड भारु बोली लगाएर आफ्नो क्याम्पमा समावेश गरेको थियो । आईपीएल २०१५ को लिलामीमा युवराज सिंह सबैभन्दा महँगा खेलाडी बनेका थिए ।

९. वर्ष २०१६ – शेन वाटसन (आरसीबी)
शेन वाटसनको नाम सूचीमा नवौं नम्बरमा छ, जसलाई आरसीबीले ९.५ करोडमा किनेको थियो । शेन वाटसन आइपिएल २०१६ को लिलामीमा किनिएका सबैभन्दा महँगा खेलाडी थिए ।

१०. वर्ष २०१७ – बेन स्टोक्स (राइजिङ पुणे जाइन्ट्स)
बेन स्टोक्सलाई सन् २०१७ मा राइजिङ पुणे सुपर जाइन्ट्सले १४.५ करोडमा किनेको थियो । उनी यस वर्षका सबैभन्दा महँगा खेलाडी थिए ।

११. वर्ष २०१८ – बेन स्टोक्स (राजस्थान रोयल्स)
बेन स्टोक्सलाई राजस्थान रोयल्सले २०१७ मा १२.५ करोडमा किनेको थियो ।

१२. वर्ष २०१९ – वरुण चक्रवर्ती (पञ्जाव सुपर किंग्स)
वरुण चक्रवर्तीको नाम सूचीमा १२ औं नम्बरमा छ, जसलाई २०१९ आईपीएल लिलामीमा पञ्जाब किंग्सले ८.४ करोडमा किनेको थियो । उनी यस वर्षका सबैभन्दा महँगा खेलाडी बनेका थिए ।

१३. वर्ष २०२० – प्याट कमिन्स (कोलकाता नाइट राइडर्स)
प्याट कमिन्सको नाम सूचीमा १३ औं नम्बरमा छ, जो १५.५ करोड भारु बोली लगाएर आइपीएल २०२० को लिलामीमा केकेआरको क्याम्पमा सामेल भएका थिए ।

१४. वर्ष २०२१ – क्रिस मोरिश (राजस्थान रोयल्स)
क्रिस मोरिसलाई राजस्थान रोयल्सले सन् २०२१ मा १६.२५ करोडमा किनेको थियो । उनी यस वर्षका सर्वाधिक महँगा खेलाडी हुन् ।

१५. वर्ष २०२२ – इशान किशन (मुम्बई इन्डियन्स)
इशान किशनलाई मुम्बई इन्डियन्सले सन् २०२२ मा १५.२५ करोडमा किनेको थियो । उनी यस वर्षका सर्वाधिक महँगा खेलाडी रहे ।

१६. वर्ष २०२३ – साम करन (पञ्जाव किंग्स)
साम करनलाई गत आईपीएल सिजनमा पञ्जाब किंग्सले १८.५० करोडमा किनेको थियो । आइपिएलको लिलामीको इतिहासमा साम करन सबैभन्दा महँगा खेलाडी हुन् ।