४ श्रावण २०८३, सोमबार
,
Latest
बजेट कार्यान्वयनका लागि कार्यविधि र निर्देशिका साउन मसान्तभित्र तयार पार्न निर्देशन बजेटको प्रभावकारी कार्यान्वयन गर्न अर्थमन्त्री डा वाग्लेद्वारा निर्देश कोलकाताबाट आइपुग्यो ‘कार्गो रेल’ वन कार्यालयको स्कोरपियोसँग ठोक्किँदा महिलाको मृत्यु विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्रबिच सहकार्य आवश्यक : सञ्चारमन्त्री डा. तिमिल्सिना बालयौन दूराचारमा अमेरिकी अदालतबाट पनि दोषी ठहर भए केनेथ ‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह चलचित्र क्षेत्र प्रवर्द्धनका लागि सरकारले आवश्यक सहयोग गर्छ : सञ्चारमन्त्री डा तिमिल्सिना खाद्य तथा कृषि सङ्गठनको सहकार्यमा खाद्य प्रणाली सुदृढीकरण परियोजना सुरु कानून सुधार र निर्माणको वर्ष : लक्ष्य पूरा गर्न मन्त्रालयगत छलफल थालियो, प्रत्येक महिना हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘भुटीदिदी’लाई ७३ वर्षमा नागरिकता



अ+ अ-

साइपाल । स्थानीय काँडा गाउँका दर्जनबढी ज्येष्ठ नागरिक हुनुहुन्छ । उहाँहरूमध्ये एकजना अविवाहित महिला हुनुहुन्छ भुटी गुरुङ उर्फ भुटी दिदी । हुम्लामा जन्मिएर बुबाआमासँगै साइपाल पुग्नुभएकी भुटीदिदीका सात दशक काँडामा लेकबेँसी गर्दै बिते । २००८ सालमा जन्मनुभएकी भुटीदिदीका बाल्यकालबाटै भेडा–च्याङ्ग्रा साथी बने । त्यसपछिका साथी आफ्नै भाइबहिनी, गाउँले भाइबहिनी र उहाँहरूका सन्तान भए । यसैमा बित्यो उहाँको ७३ वर्ष । घरको काम, भेडा–च्याङ्ग्रा, गाइवस्तुको गोठ नै उहाँका लागि संसार बन्यो । यतिसम्म कि उहाँले विहे गर्नेसमेत समय पाउनुभएन ।

आजीवन एकल महिला रहनुभएकी भुटीदिदीलाई गत साता जिल्ला प्रशासनले घरमै गएर नागरिकताको प्रमाणपत्र प्रदान गर्‍योे । जीवनको उत्तराद्र्धमा प्रवेश गरेसँगै मानसिक रोगले थलिएकी भुटीदिदीको भतिज टेक गुरूङको घरमा बस्नुहुन्छ ।

गाउँमा तीन पुस्ताले नै उहाँलाई भुट दिदी भनेर सम्बोधन गर्छन् । उहाँलाई चिन्नेले पनि भुटीदिदीकै नामले चिन्छन् । धामी, बोहरा,गुरूङ, रोकायालगायत विभिन्न थरका बासिन्दाको बसोवास भएको हुँदा पनि उहाँ सबैकी भुटी दिदी हुनुभएको हो ।

भुटीदिदीले स्वस्थ हुँदा सबैलाई माया गर्ने, सक्दो आफन्तलाई काममा सघाउने र स–साना नानीहरूलाई ‘भदा/भदै’ भन्दै खेलाउने हुँदा गाउँमा उहाँ सबैकी प्यारी बन्नुभएको गाउँपालिका अध्यक्ष मानविर बोहरा बताउनुहुन्छ ।

भुटीदिदीले काखमा बोकेका भाइ बहिनीहरू अहिले भने बाजेसम्म भइसकेका छन् । तर, भुटीदिदी भने आफन्तकै नाति नातिनालाई खेलाइरहनुभएको छ । अहिले उहाँको दैनिकी घरको आँगन र आफ्नो टोलमै बित्ने गरेको छ । उमेरमा घरायसी काममात्रै होइन, कसैको विवाह, व्रतबन्ध हुँदा कामका लागि अग्रस्थानमा रहनुहुने भुटीदिदी केही वर्षयता भने घरमै थन्किनुभएको छ ।

साइपाल गाउँपालिका–३ काँडाका ज्ञानबहादुर बोहरा भन्नुहुन्छ, “भुटीदिदीलाई गाउँमा सबैले माया गर्छन् । घरायसी काम, भेडा–च्याङ्ग्राको हेरचाहमै जीवन बिताउनुभएकी दिदीलाई विहे गर्ने, घरबार जोड्ने कहिल्यै सोच आएन र यत्तिकै बस्नुभयो ।” बुढेसकालमा भने विहे नगरेको पछुतो पो भयो कि क्या हो मानसिक समस्या आइलागेको बोहराले बताउनुभयो ।

भतिज टेकको संरक्षणमा रहनुभएकी भुटीदिदी जीवनभर घरायसी काममै बितेको हुँदा उहाँलाई विहे गर्न पनि आवश्यक नठानेर अविवाहित नै बसेको टेकले बताउनुभयो । उहाँका अनुसार त्यो बेलामा गाउँमा नागरिकताकोे आवश्यकताबारे पनि कसैलाई थाहा थिएन । विसं ०६४ सालतिर गाउँमा नागरिकता दिने घुम्ती टोली आएपछि धेरैले नागरिकता पाएको र फुपू गोठालो गएको हुँदा छुटेको उहाँले सुनाउनुभयो । “उहाँलाई मात्रै होइन, हामीलाई पनि नागरिकताको बारेमा जानकारी थिएन । पछि घुम्ती शिविरको बेलामा नागरिकता र सरकारी सेवा सुविधाबारे जानकारी भयो त्यसपछि गाउँमा भेटिएकाले नागरिकता बनाएका थिए ।” उहाँ भन्नुहुन्छ ।

भतिज टेकका अनुसार त्यस बेलामा पनि धेरै जनाको नागरिकता बनाउन छुटेको थियो । “अहिलेको जस्तो सञ्चार थिएन । त्यसैमा पनि साइपाल गाउँपालिकामा हुने कुरै भएन । नागरिकता दिने टोली गाउँमा आयो । गाउँमा जति भेटिए, उनीहरूले नागरिकता पाए । टेक अहिले फुपूको नागरिकता समयमै नबनाएकोमा पछुतो गर्नुहुन्छ । “त्यसै बेला बनाएको भए राज्यले दिने सेवा केही पाइन्थ्यो कि १ अहिले त वृद्धभत्ता पनि पाइन्छ । नागरिकता नहुँदा यतिका वर्ष त्यसबाट वञ्चित हुनुभयो ।” उहाँले भन्नुभयो ।

साइपालवासीलाई नागरिकता बनाउन त्यति सजिलो छैन । पैदल हिँडेर नै चार/पाँच दिनसम्म लाग्ने सदरमुकाम ओहोरदोहोर गर्दा प्रतिव्यक्ति रु ३० हजार खर्च हुन्छ । खर्च र समयका कारण पनि केहीले नागरिकता लिन ढिलाइ गरेको प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुँइकेल बताउनुहुन्छ ।

प्रमुख जिल्ला अधिकारी भन्नुहुन्छ, “सात दशकसम्म पनि नागरिकता नपाएको भन्ने खबर सुनेपछि घरमै गएर पनि नागरिकता दिनुपर्छ भन्ने सोचेँ । त्यसका लागि हिँडेरै भए पनि साइपाल जाने तयारीमा थियौँ । सौभाग्यवश, साइपालमा जलविद्युत् उत्पादनको तयारी गरिरहेको कम्पनीको हेलिकोप्टर आयो । त्यसैमा गएर नागरिकता प्रदान गर्‍यौँ ।” रासस