काठमाडौ । नेकपा एमाललेले नेताहरु सुरेन्द्र पाण्डे र घनश्याम भुषाललाई ६ महिनाका लागि पार्टी सदस्य बाट निलम्बित गरेको छ । यस अघि नेता माधब कुमार नेपाल र भीम रावललाई पनि ६ महिनाको लागि पार्टी सदस्य बाट निलम्बन गरिएको थियो । पार्टी पूर्ववत अबस्थामा फर्किए पनि समानान्तर गतिबिधि संञ्चालन गर्दे हिडेको अनुशासन उलंघन गरेको भन्दै सोधिएको स्पष्टिकरणको जबाफ चित्त बुझ्दो नआएको भन्दै ६ महिनाको लागि निलम्बन गरिएको जनाईएको छ ।











