काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले आगामी जेठमा महाधिवेशन गर्ने भएको छ । सोमबार बसेको केन्द्रीय सचिवालयको बैठकले माघका लागि तोकिएको महाधिवेशन जेठमा सार्ने निर्णय गरेको हो ।
राष्ट्रिय महाधिवेशन २०८१ जेठ ३–७ काठमाडौंमा हुने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले.जानकारी दिए । साथै राष्ट्रिय सम्मेलन भने १४ र १५ माघमा हुनेछ ।